मध्यपश्चिमका बाढी पीडितलाई एनआरएनको २३ लाख सहयोग

नेपालगंज, २३ असोज– बाढीपहिरोबाट जनधनको क्षति ब्यहोरेका मध्यपश्चिम क्षेत्रका बाढीपिडीतलाई गैरआवासीय नेपाली संघले नगद राहत उपलब्ध गराएको छ । एनआरएनको आव्हान र ‘लायन्स क्लव अफ काठमाण्डौं इन्टिलिजेन्स’को सहकार्यमा संकलन गरेको २३ लाख ८६ हजार ५ सय ६२ रुपैयाँ एनआरएनका प्रतिनिधि सोम सापकोटा र लायन्स क्लवका अध्यक्ष सन्तोष खतिवडाले बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी गुञ्जबहादुर एमसीलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएको रकम बाँके, बर्दिया र सुर्खेतका बाढी पीडितसम्म पुग्ने गरी वितरण गरिने प्रमुख जिल्ला अधिकारी एमसीले बताए । पीडित नेपाली दाजुभाईको दुःखमा साथ दिएकोमा सम्पूर्ण गैरआवासीय नेपालीहरुप्रति उनले आभार व्यक्त गरे । एनआरएन प्रतिनिधि सापकोटाले तीनै जिल्लामा पुग्ने गरी रकम बितरण गरिदिन राहत समितिलाई आग्रह गरेका थिए । लायन्स क्लव अफ काठमाण्डौ इन्टिलिजेन्सका अध्यक्ष सन्तोष खतिवडाले मध्यपश्चिमका बाढीपिडीतलाई राहत पु¥याउन निरन्तर खटिइरहेको जानकारी दिँदै आगामी दिनमा पनि सहयोगका लागि तत्पर रहेको बताए । वितरण समारोहमा बाँके क्षेत्र नं. १ र २ का सभासद देवराज भार, दिनेश चन्द्र यादव तथा जिल्ला दैविप्रकोप उद्दार समिति अन्र्तगतका विभिन्न क्लष्टर प्रमुखहरुको उपस्थिति थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय