काठमाडौं, २३ असोज– रुपन्देहीमा उत्पादित माछाबाट बार्षिक एक खर्ब बराबरको आर्थिक कारोबार भएको छ । बार्षिक तीन हजार आठ सय मेट्रिक टन माछाबाट उक्त कारोबार भएको कृषि कार्यालयले जनाएको छ । परम्परागत अन्नबाली गर्ने किसान माछापालनमा लागेपछि उत्पादन बढेर कारोबार बढेको मत्स्य बिकास अधिकृत मुन्नीलाल अग्रहरीले बताए । अभियानमुखी माछा उत्पानद थालिएपछि ८ सय ६५ हेक्टर क्षेत्रफलमा माछापालन गरिएको छ । जिल्लामा ३२ बर्षदेखी माछापालन हुँदै आएको छ । ६ बर्ष अघिदेखि अभियानमुखी माछा उत्पादन कार्यक्रम थालिएको हो । आकर्षण बढ्दै जाँदा यहाँको १ सय २६ प्राकृतिक जलासयमा किसानले माछा पालन गरेका छन् । त्यसका लागि दयानगरमा जलदेवी मत्स्य उत्पादन सहकारी संस्था गठन भएको छ । यसबाहेक ४० किसान समुहका १ हजार ९ सय किसान व्यबसायीक माछा पालनमा सहभागि छन् । माछापालक कृषक तथा व्यबसायीलाई भुरा उपलब्ध गराउन जिल्लामा एक मत्स्य बिकास केन्द्र, ६ ह्याचरी र १६ मत्स्य नर्सरी स्थापना गरिएको छ । यहाँ उत्पादित माछा स्थानीय बजारसँगै पाल्पा, पोखरा, चितवन, काठमाडौं तथा भारतको गोरखपुर लगायतका क्षेत्रमा पुग्ने गरेको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1