बीपीका डाक्टरलाई यौन दुव्र्यवहारको आरोप

धरान, असोज २२- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा माइक्रो बायोलोजी विषयका प्रोफेसर मुरारीलाल दास माथि यौन दुव्र्यवहारको आरोप लागेको छ । उनले प्रतिष्ठानकै एक महिला कर्मचारीमाथि त्यस्तो दुव्र्यवहार गरेको उजुरी परेको छ । विहानीको समयमा गुड मनिङ भन्ने बाहाना बनाउँदै ति प्रोफेसरले आफ्नो शरिरको बिभिन्न भागमा समाउने गरेको ति कर्मचारीले बताएकी छन् । दासले आफुलाई विगत ६ महिनायता निरन्तर यौन दुव्र्यवहार गरेको ल्यावमा कार्यरत १९ बर्षे ति कर्मचारीको आरोप छ । उनी करारमा नियुक्त कर्मचारी हुन् । आफुले पटक पटक विरोध जनाउँदा पनि दासले दुव्र्यवहार गर्न नछोडेको उनको भनाई छ । प्रोफेसर दासले कहिलेकाही अङ्कमाल गर्ने बाहानामा कस्सेर शरीर समात्ने गरेकोसमेत ती युवतिले बताइन् । ‘मलाई कहिलेकाही बहानाबाजी बनाउँदै हक गर्दा उसले त टाइट कसेर ब्रेष्टमै शरीर जुधाउँथ्यो ।’ ती युवतिले भनिन् । दासले भनें ती युवतिले आफूलाई एकवर्षको जागिरमा लगाइदिन भन्दा आफूले प्रोजेक्ट अनुसार मात्रै जागिर लगाउने सक्ने बताएपछि उनले ब्याकमेल गर्न खोजेको बताएका छन् । ‘मलाई बदनाम गराउने उद्देश्यले उनले यो सवै हत्कण्डा अपनाइन् ।, तर, मैले उनलाई कहिले पनि सेक्सुअल हेरेसमेन्ट गरेको छैन उनले भने । करारमा कार्यरत ति कर्मचारी खासमा डाटा इन्ट्री गर्ने नाममा त्यहाँ प्रवेश गरेकी थिइन् । तर, प्रोफेसर दासले नै ल्यावको नमुना चेक गर्ने लगायतको काम समेत गर्न लगाएका थिए । ल्याबमा एक्लै अवस्थामा भेट्दा बिभिन्न बहानाबाजी गर्दै आफ्नो छेउमा आउने गरेको ति युवतिको भनाइ छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय