सीके राउतको अनसन तोडाए मन्त्री र नेताले(हस्ताक्षर पत्र सहित)

काठमाडौं । राज्य विप्लवको अभियोगमा पक्राउ परेका सीके राउतको आमरण अनसन तोडिएको छ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल सहित शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका सञ्चारमन्त्री मिनेन्द्र रिजाल तथा कृषि मन्त्री हरिप्रसाद पराजुलीले जुस खुवाएर राउतको अनसन तोडाएका हुन् । मोरंगबाट पक्राउ परेका राउतलाई राज्य विप्लवको मुद्धामा कारवाही अघि बढाइएको थियो । त्यसको विरोधमा राउतले आमरण अनसन थालेका थिए । सरकारका मन्त्रीहरुले अन्तरिम संविधान २०६३ ले दिएको अभिव्यक्ति स्वतन्त्रता र नागरिक हक सम्मान गर्ने प्रतिवद्धता जनाएपछि राउतले जुस पिएर अनसन तोडेका हुन् । उनी १ दिनदेखि आमरण अनसनमा बसेका थिए । अनसन तोडाउन नेपाली काँग्रेसका तर्फबाट कार्यवाहक सभापति रामचन्द्र पौडेल पनि सँगै पुगेका थिए । यसअघि मानवअधिकारकर्मीहरुले सरकारलाई राउतको अनसन तोडाउन सरकारलाई आग्रह गरेका थिए । भदौ २९ गते मोरंगबाट पक्राउ परेका राउतले प्रहरी हिरासतमै गत असोज ५ गतेदेखि आमरण अनसन थालेका थिए । हस्ताक्षर http://www.pahilopost.com/content/-738.html#.VCvKw_mSxe8  पत्र बाट लिइएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय