
काठमाडौं । ८ बर्षको उमेरमा नै निर्देशक बनेका सौगात विष्टको चलचित्र लभ यू बाबा मंसिर २६ बाट प्रदर्शनमा आउने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी सिनेमाको फष्ट लुक, टिजर र दुई गीत सार्वजनिक गरियो ।
रिदम अफ सोलको व्व्यनरमा निर्माण भएको सिनेमाको शिर्ष गीतलाई कार्यक्रममा उपस्थित अधिकांशले रुचाएका थिए ।
आमाको काखविहिन एउटी सानी छोरीलाई आमाको अभाव हुन नदिन उसको बाबुले गरेको संघर्षलाई यस चलचित्रमा देखाउन खोजिएको छ । यो सिनेमामा गजित बिष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी, बसन्त भट्ट, निर्मल शर्मा लगायतले अभिनय गरेका छन् । चलचित्रमा अनु शाह र सुब्रत आचार्यले समेत बिशेष भूमिकामा काम गरेका छन् ।
गजित बिष्टको कथा, गम्भिर बिष्टको पटकथा तथा संवाद रहेको यस चलचित्रममा चन्द्र पन्तले द्धन्द निर्देशकको भूमिका निर्वाह गरेका छन् । सिनेमाको टिजरमा निर्देशक सौगात बिष्टलाई मात्र देखाइएको छ । सौगात विश्वकै कान्छो निर्देशक भएको भन्दै उनको नाम गिनिज बुक अफ वल्ड रेकर्ड्मा लेखाउन कदम अगाडी बढिसकेको निर्माण पक्षले जनाएको छ ।
http://www.nepalikala.com/2014/09/30/2936/ बाट