गाडी भाडा तत्काल नबढाउन व्यवसायी सहमत 

काठमाडौं, कात्तिक १४- यातायात व्यवसायी तत्काल भाडा नबढाउन सहमत भएका छन् । यातायात व्यवस्था विभागको आग्रहपछि व्यवसायीको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष बिजयबहादुर स्वाँरका अनुसार एकहप्ताका लागि पर्खिदिन सरकारले आग्रह गरे बमोजिम तत्काल भाडा नबढाउन सहमति जनाइएको हो । बैठकले हाल पेट्रोलको मूल्य थोरै घटेको र सरकारले पनि आग्रह गरेको हुँदा तत्काल भाडा नबढाउन मातहतका व्यवसायीलाई सुचना पठाइएको छ । यसअघि शनिवार देखि भाडा बढाउने तयारी गरिएको थियो ।

गाडी भाडा पेट्रोलको मूल्यमा मात्र आधारित नभएको तर्क गर्दै स्वाँरले गाडीमा प्रयोग हुने अरु बस्तुको मूल्य बढेका कारण गाडी भाडा निकट भविष्यमै बढ्ने बताए । “गत भाद्र महिनामा नै भाडा बढाउन सरकार र व्यवसायीबीच सहमति भएपनि चाडवाडको मुखमा त्यसो गर्नु अनुचित हुने ठानेर पर्खिएका हौं, अव एकहप्ता पछि के गर्ने भन्ने निर्णय व्यवसायीले गर्नेछन्” स्वाँरले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: