वैदेशिक रोजगार व्यबसायी संघको अध्यक्ष को हो ?

विनोदकुमार चौलागाई, काठमाडौं-  झण्डै एक बर्ष भयो हंशराज वाग्लेले आफुलाई नेपाल बैदेशिक रोजगार व्यबसायी संघको अध्यक्ष दाबी गरेका । तीन बर्ष अघि भएको चुनावमा निर्वाचित भएका अध्यक्ष बलबहादुर तामाङलाई पावरको प्रयोग गरेर हटाउन उनी सफल भएका थिए । आन्तरिक रुपमा यि दुईविचको द्वन्द्व रोकिएको थिएन । तर चाडबाडसँगै यिनिहरु दुईविचको लडाईपनि सार्वजनिक रुपमैं देखा पर्न थालेको छ ।

अध्यक्ष दाबी गर्दै आएका वाग्लेले बडादशैं, दिपावली तथा छठको उपलक्ष्यमा गएको असोज ३१ गते सुचना प्रकाशित गरेर आज (कार्तिक २ गते) शुभकामना आदान–प्रदानको कार्यक्रम आयोजना गर्न लागिएको बताएका थिए । तर कार्यक्रमकै दिन पारेर व्यबसायी बलबहादुर तामाङले आफुनैं अध्यक्ष भएको दाबी गर्दै ‘भ्रमित सुचनाको भ्रममा नपर्न’ सार्वजनिक सुचना निकाले । उनले वाग्ले समुहले आयोजना गरेको चियापान समारोहमा उपस्थित नहुन समेत आग्रह गरेका छन् ।

आखिर को हो त अध्यक्ष ?

तीन बर्ष अघि एक भोटले जित्दै बलबहादुर तामाङ अध्यक्षमा निर्वाचित भए । चुनावमा हारेका वाग्लेसँग त्यहि बेलादेखिनैं द्वन्द्व चलिरह्यो । गएको असोजमा दुई बर्ष अध्यक्ष चलाएका तामाङको हातबाट अबिश्वासको प्रस्ताव ल्याएर व्यबसायी वाग्लेले अध्यक्ष पद खोस्न सफल भए । त्यसपछि यो मुद्दा जिल्ला प्रशासन काठमाडौं, सवोच्र्च अदालत र पुनरावेदन अदालत पुग्यो ।

विवादका बिच गएको माघ २३ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले संघको अध्यक्ष वाग्ले भएको निर्णय गर्‍याे । त्यसलगत्तै अध्यक्ष पद खोसिएका तामाङले सर्वोच्च अदालतमा रीट हाले । यसको सुनुवाई नभएपछि पुनः पुनरावेदन अदालत पाटनमा रीट दर्ता गरे । पुनरावेदन पाटनले दुईपक्षबीच एक साता लामो नियमित छलफल गरेपछि मुद्दा खारेज गरिदियो र वाग्लेनैं अध्यक्ष भएको आशयको पत्र थमौती गरिदियो ।

त्यसपछि सरकारी निकायले पनि वाग्लेलाई अध्यक्ष मान्दै आएको छ । वैदेशिक रोजगार बोर्ड सदस्यमा समेत व्यबसायी संघको अध्यक्षको नाताले उनीनैं सदस्य छन् ।

वाग्लेले आफुनैं आधिकारिक अध्यक्ष भएको दाबी गर्दै तामाङलाई कानुनी कार्बाहीका लागि प्रहरी र जिल्ला प्रशासन कार्यालयमा चिठि दर्ता गर्ने बताए । उनले तामाङलाई कानुनी र व्यबसायीक कार्बार्ही गर्ने चेतावनी दिएका छन् ।

यता, तामाङ भने निर्वाचित अध्यक्ष भएकाले अर्को अबिधेशनबाट अध्यक्ष निर्वाचित नहुञ्जेल आफुनैं अध्यक्ष भएको दाबी गर्छन् ।

समस्या पहिलेदेखिनैं

वैदेशिक रोजगार व्यबसायी संघको यो रोग स्थापना कालदेखिकै हो । २०४९ सालमा संघ स्थापना हुँदाका संस्थापक अध्यक्ष महेन्द्र शेरचनले समेत आफ्नो पुरा कार्यकाल काम गर्न पाएनन् । संघको अध्यक्ष भएपछिको पावरका कारण एउटा समुहले अर्को समुहलाई काम गर्न नदिने चलखेल नियमित जस्तै छ ।

संस्थापक अध्यक्ष शेरचनलाई असहयोग गरेर पुष्पलाल महर्जन अध्यक्ष बनेका थिए । त्यसपछि एउटाको रीस अर्कोलाई साँध्ने क्रमसँगैको अध्यक्ष हत्याउने खेलको पछिल्लो उदाहरण हुन् बलबहादुर तामाङ र हंशराज वाग्ले । २०६८ साल चैत २४ गते अध्यक्ष बनेका तामाङ चार पटक अध्यक्ष बन्ने र हट्ने क्रम चल्यो ।

शेरचनपछिका १० जना अध्यक्षले एउटाले अर्कोको खुट्टा तान्ने र आफ्नो कुर्सी जोगाउन लडाई गर्नेमैं बढी समय खर्चिएका छन् । अब के हुन्छ, हेर्न बाँकि छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: