कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक: ५८ हजारमा ३६ सय जना पास

काठमाडौं,  असोज २९ – रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत यस वर्षको कोरियाली भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । असोज १० र ११ गते भएको परीक्षाबाट ३ हजार ६ सय ३६ जना पास भएका इपिएस कोरिया शाखाले जनाएको छ । २ हजार ७ सय ६८ जना उत्पादनमुलक क्षेत्र र बाँकी ८ सय ९५ जना कृषितर्फ पास भएका इपिएस कोरिया शाखाले जनाएको छ । कोरिया भाषा परीक्षा पास हुनेमा तीन हजार ४ सय ६३ जना पुरुष र दुई सय जना महिला रहेका छन् । काठमाडौमा भएको परीक्षामा ५८ हजार सात सय ७० जना सहभागी भएका थिए । परीक्षामा सहभागी भएकामध्ये ६ प्रतिशत मात्रै उतीर्ण भएका हुन् । भाषा परीक्षा पास भएकाहरु कोरिया जानुअघि स्वास्थ्य परीक्षण र स्किल टेष्टमा पनि पास हुनुपर्नेछ । यी सबै परीक्षामा पास भएपछि उनीहरु सन् २०१५ को जनवरी वा फेब्रुअरीमा कोरिया जान पाउने इपिएस कोरिया शाखाले जनाएको छ । इपिएस प्रणाली अन्तर्गत गएको ५ वर्षदेखि नेपाली कामदारहरु कोरिया जान थालेका हुन् । यसवर्ष कोरियाली भाषा परीक्षामा सहभागी हुन ६२ हजार भन्दा धेरैले फारम भरेपनि ५८ हजार ७ सय ७० जना सहभागी भएका हुन् ।

कोरियाली भाषाा परीक्षाको नतिजा हेर्नलाई यहाँ क्लिक गर्नुहोस् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: