पुनः श्रमस्वीकृति बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म

काठमाडौं, २८ असोज– वैदेशिक रोजगार विभाग अन्तर्गत काठमाडौं कार्यालयले पुनः श्रमस्वीकृति काउन्टर नियमित समयभन्दा तीन घण्टा बढी खोल्न थालेको छ । पुनः श्रमस्वीकृति काउन्टर आजबाट बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म खुल्नथालेको शाखा प्रमुख मधुविलास पण्डितले बताए । यसअघि काउन्टर कार्यालयको नियमित समय बिहान १० बजेदेखि ५ बजेसम्म सात घण्टा मात्र खुल्ने गथ्र्यो । अबदेखी काउन्टर दिनको १० घण्टा खुल्नेछ । सेवाग्राहीको चाप बढ्दै गएकाले काउन्टरको समय थप्नुपरेको शाखाप्रमुख पण्डितले बताए । दिनहुँ एक हजारभन्दा बढी पुनः श्रमस्वीकृति लिनेको संख्या भएकाले सबैलाई सजिलै सेवा दिनका लागि यस्तो व्यबस्था गरिएको उनको भनाई छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय