सेनाले पनि व्यबसायमुलक तालिम दिने

काठमाडौं, २६ असोज– नेपाली सेनाले बहालवाला सैनिकका परिवारलाई स्वाबलम्बि बनाउन व्यबसायमुलक तालीम सञ्चालन गर्ने जनाएको छ । तालिम सञ्चालनको पुर्व तयारीस्वरुप सेनाले आज त्रिभुवन आर्मी अफिसर्स क्लबमा व्यबसायीक तालिम सम्बन्धि अवधारणा बिकास गोष्ठीको आयोजना गरेको छ । गोष्ठीको उद्घाटन प्रधानसेनापती गौरव शम्सेर जबराले गरेका थिए । प्रधानसेनापती गौरव शम्सेर जबरा व्यबसायीक तालिम सम्बन्धि गोष्ठीको उद्घाटन गर्दै । तस्विरः नेपाली सेना

नेपाली सेनामा आबद्ध बहालवाला तथा अवकास पाएका सेनाका श्रीमती तथा एकल महिलालाई सीप दिन सेनाले व्यबसायीक तालिम केन्द्र स्थापना गरिसकेको जनाएको छ । केन्द्रको स्थापना संगै तालिम संचालनपूर्व व्यवसायिक तालिम सम्बन्धी अवधारणा विकास गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको सैनिक जनसम्पर्क निर्देशनालयका सहायक–निर्देशक निरञ्जन श्रेष्ठले बताए ।

पाँच दिनसम्म चल्ने गोष्ठीमा बिषय बिशेषज्ञको प्रस्तुती रहनेछ । आज भएको गोष्ठीमा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा.जगदीशचन्द्र पोखरेल र सिटिईभिटीका पुर्वप्रमुख डा.जयबहादुर टण्डनले व्यबसायमुलक सीपका महत्वका बारेमा जानकारी दिएका थिए ।

तालिमका क्षेत्र पहिचान गरि तालिम लिने व्यक्तिको संख्या र बिषयका बारेमा सेनाले योजना बनाउने श्रेष्ठले बताए । साथै बहालवाला सैनिक तालिममा सहभागि हुन पाउने तर उनीहरु प्रत्यक्ष व्यबसायमा संलग्न हुन नपाउने उनको भनाई छ । उनले तालिम बिशेषगरी बहालवाला र अवकासप्राप्त सेनाका श्रीमती स्वावलम्बी बनाउन आयोजना गरिएको स्पष्ट पारे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय