कोरियामा बस्दा कामदारले ध्यानदिनु पर्ने कुराहरु

कोरियामा ईपिएस अन्र्तगत आएका बिभिन्न देशका कामदारहरुको संख्या करीब पांच लाख पुगेको छ । नेपाली कामदारहरुको संख्या भने करीब २५ हजार छ । कामदारहरुको संख्यामा वृद्धिसंगै कोरियामा औद्यौगिक दुर्घटनामा परी अंग भंग हुने वा मृत्यु हुनेको संख्या पनि बढ्दो छ ।

कोरियामा खासगरि कल कारखानामा काम गर्दा हातमा चोटपटक लागेर हातका औंला तथा हात नै गुमाउनु पर्ने समस्याबाट थुप्रै नेपाली कामदार पिडित छन् । कोरिया सरकारले कार्यस्थलमा काम गर्दा लाग्ने चोटपटक तथा कार्यस्थलको कारणले लाग्ने रोगहरुका बारेमा उपचार तथा क्षतिपूर्तिको लागि बिमाको (सान्जे बोह्म) व्यवस्था गरेको छ र त्यसै बिषयमा जानकारी दिने प्रयास गरेको छु ।

कोरियामा विभिन्न् कल कारखाना, कृषि तथा उद्योगधन्दामा काम गर्दा हुने चोटपटकहरु वा कार्यस्थलका कारणले लागेका रोगहरु वा त्यसै कारणले मृत्यु निम्त्याउने दुर्घटना समेतको अवस्थामा सहयोग गर्नका लागि कोरिया सरकारद्धारा कामदारहरुको क्षतिपूर्ति बिमा (Workers’ Compensation Insurance) (सान्जे बोह्म) लागू गरिएको छ जसले यस्तो अवस्थाको लागि सामाजिक सूरक्षा प्रदान गर्दछ । कामदारहरुको क्षतिपूर्ति बिमाले काम गर्दाको समयमा लागेको चोटपटक तथा ज्यानै जाने सम्बन्धमा उपचार लगायत त्यस्ता दुर्घटनामा परेका कामदार वा निजका कानूनी हकदारलाई क्षतिपूर्ति उपलब्ध गराउंदछ । यसको प्रिमियम वापतको रकम बुझाउनका लागि रोजगारदाता जिम्मेवार हुन्छन् कामदार होइन ।

१) कामदारहरुको क्षतिपूर्ति बीमा (Workers’ Compensation Insurance) कहां लागू हुन्छ ? 

कम्तिमा एकजना पनि कामदारले रोजगारी प्राप्त गरेको भएपनि त्यस्तो कार्यस्थलमा यो बिमाद्धारा सबै कामदारलाई सुरक्षित गरिएको हुन्छ । यदि कुनै कामदार दुर्घटना भएको समयमा बिमाद्धारा सुरक्षित नगरिएको स्थानमा रोजगार दिईएको रहेछ भने पनि दुर्घटनाद्धारा असर परेको कामदार यसका फाईदा प्राप्त गर्न योग्य हुन्छन् । यस बिमाको मुख्य बिशेषता यो छ कि यस बिमाले प्रवासी कामदार तथा कोरियाली कामदारको बीचमा कुनै भेदभाव गर्दैन तथा कामदारको बसाई ग्रैह् कानूनी भएतापनि यसबाट लाभ प्राप्त गर्न सक्दछ ।

२) कार्यस्थल दुर्घटनामा परेर उपचार गराउनु परेमा के गर्ने ?

कार्यस्थलमा कुनै दुर्घटनामा परी उपचार गर्दा  Workers’ Compensation Insurance फारम भरेर, चिकित्सा सुविधाको दावी सहित Workers’ Compensation Insurance को  शाखा कार्यालयमा बुझाउनु पर्छ । यस्ता फारमहरु कोरियाका Workers’ Compensation Insurance  बाट अधिकार प्राप्त अस्पतालहरुमा पनि उपलब्ध रहन्छ । दाबी फारम बुझाई सके पछि उपयुक्त लाभ प्राप्तीको निर्णयका लागि केही समय पर्खनु पर्ने हुन्छ ।

कुनै कार्यस्थलको दुर्घटनामा परेको कामदारले Workers’ Compensation Insurance  बाट प्राप्त हुने सुविधा लिन खोजेको तर सम्बन्धित रोजगारदाताबाट आवश्यक सहयोग वा समन्वय प्राप्त गर्न नसकेको खण्डमा Korea Workers’ Compensation & Welfare Service ( COMWEL) बाट फोन मार्फत पनि ( फोन नम्बर १५८८(००७५) जानकारी लिन सक्दछ वा COMWEL शाखा कार्यालयमा आफनो सुविधा अनुसार पुगेर पनि जानकारी प्राप्त गर्न सक्दछ ।

(३) कार्य स्थल दुर्घटनाको फारम भर्दा कुन कुन कागजात बुझाउनु पर्छ ? 

कार्यस्थल दुर्घटनाको फारम भर्दा राहदानी, विदेशी दर्ताको प्रमाणपत्र, शुरुमा डाक्टरले जांच गर्दाको राय, दुर्घटनाको साक्षी भए साक्षी तथा विवादास्पद दुर्घटनाका सबुत दिने अन्य कागजातहरु बुझाउनु पर्दछ ।

(४) Workers’ Compensation Insurance  बाट कुन कुन फाईदाहरु प्राप्त हुन्छ ? 

(क )औषधि तथा हेरचाह सम्बन्धी फाइदाहरु:    कार्यस्थलमा भएको दुर्घटना वा कार्यस्थलको कारणले लाग्न गएको रोगको कारणले Workers’ Compensation Insurance बाट अधिकार प्राप्त अस्पतालमा उपचार गराउंदा लागेका औषधी उपचारका खर्चहरु प्राप्त गर्नेछ ।

(ख ) अस्थायी अपांङ्गता भएमा तलब प्राप्त हुने: कार्य सम्बन्धी दुर्घटना वा रोगको कारणले काम नगर्दाको अवस्था निज कामदारको तलब भुक्तानी हुनेछ । ( ७० प्रतिशतमा सिमित)

(ग ) चोटपटक वा बिरामी भएमा क्षतिपूर्ति स्वरुप बार्षिक भत्ता :     कार्य सम्बन्धी दुर्घटना वा रोगको कारणले अस्थायी अपांङ्गता  भत्ता प्राप्त गरी रहेकोमा २(दुई) बर्ष सम्म उपचार गर्दा पनि पूर्ण रुपमा निको नभएको खण्डमा बार्षिक भत्ता प्राप्त हुनेछ ।  (यसमा चोटपटक वा रोगको अवस्था, अशक्ततताको स्तर प्रमाणित गरीएको हुनु पर्नेछ ।)

(घ ) स्थायी रुपमा अपांग भएमा प्राप्त हुने भत्ता :    कार्य सम्बन्धी दुर्घटनाको वा रोगको कारणले उपचार कार्य सकिए पछि पनि स्थायी रुपमा अपांग भएको खण्डमा अपांङ्गताको स्तर (१४ किसिमका स्थायी अपाङ्ग स्तर भित्रको हुनु पर्ने) अनुसार भत्ता प्राप्त गर्न सक्दछन् ।

(ङ ) नर्सिङ्ग सम्बन्धी फाईदाहरु : कार्य सम्बन्धी दुर्घटनाको वा रोगको कारणले उपचार कार्य सकिए पछि पनि आशिंक वा पूरा समय नर्सिङ्ग सेवाको आवश्यकता परेमा, यस्तो सेवा प्राप्त गर्न सक्दछन् ।

(५ ) Workers’ Compensation Insurance  का फाईदाहरुको एकमुष्ट भुक्तानी:  

कार्य सम्बन्धी दुर्घटनाको वा रोगको कारणले उपचार गराई रहेको कुनै कामदार यदि आफनो स्वदेश फर्कन चाहन्छ भने, उसले आफनो औषधिय हेरचाह फाईदाहरु, अस्थायी अपाङ्गता सम्बन्धी फाईदाहरु वा स्थायी अपाङ्गता सम्बन्धी फाईदाहरुको  एकमुष्ट भुक्तानी पाउनका लागि मांग गर्न सक्दछ । ( यस बिषयमा चिकित्सकको राय समेत आवश्यक रहनेछ । किनकि स्वदेश फर्केतापनि सम्बन्धित कामदारको उपचारमा प्रतिकूल असर नपरोस् ।)

अनिलकुमार गुरुङ | गुरुङ सोलस्थित नेपाली राजदूताबासका श्रम सहचारी हुन् | 

यो सामग्री हाम्रा पाठकका लागि उपयोगि ठानेर हामीले fonijkorea.com बाट साभार गरेका हौं । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: