मलेसियामा संझिईन् सहाना प्रधान

अर्जुन काफ्ले, मलेसिया, असोज १२- प्रवासी नेपाली मञ्च मलेसियाले नेकपा एमालेकी पूर्व स्थायी समिती सदस्य दिवाङ्त नेतृ साहाना प्रधानको सम्झनामा आइतवार मलेसियामा शोकसभा आयोजना गरेको छ । क्वालालम्पुरमा भएको शोक सभामा बोल्ने वक्ताहरुले नेपाली कम्युनिस्ट आन्दोलन र नेपाली जनआन्दोलनमा प्रधानले पुर्याएको योगदानको चर्चा गरेका थिए ।

प्रमुख अतिथि अखिल नेपाल किसान महासंघका केन्द्रिय उपमहासचिव बलराम सापकोटाले दिवंगत नेतृ प्रधान नेपाली कम्युनिस्ट पार्टीकै आमा भएको भन्दै राजनीतिक जीवनमा उनले गरेको संघर्षका बारेमा प्रकाश पारेका थिए ।

सो अवशरमा जिफन्ट सपोर्ट ग्रुप मलेसियाका संयोजक बेदकुमार खतिवडा, नेपाल एयरलाइन्सका निमानन्द खनाल लगायतले नेपालमा निरंकुश शासन व्यवस्थाको अन्त्य र लोेकतन्त्र स्थापनामा प्रधानले खेलेको अग्रणी भूमिकाको प्रशंसा गर्दै मुलुकले एक क्रान्तिकारी योद्धा गुमाएको बताएका थिए । मञ्च नेकपा एमालेको भातृ संगठन हो ।

वामपन्थी आन्दोलनकी अगुवा एमाले नेतृ सहाना प्रधानको गत सोमबार काठमाडौंमा निधन भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय