माल्दिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा

काठमाडौं असोज १२- एसियाली खेलकुद अन्तर्गत नेपाल क्रिकेटको क्वाटरफाइनलमा पुगेको छ । आइतवार माल्दिभ्सलाई ७ विकेटले हराउँदै नेपालले आशालाई कायमै राखेको छ । यसअघि दक्षिण कोरियाको ईन्चोनमा चलिरहेको सवैजसो खेलमा निराशाजनक प्रदर्शन गरिरहेको अवस्थामा क्रिकेटमा भनें नेपाल बलियो रुपमा अघि बढिरहेको छ । जितसँगै नेपाल समुह बीको विजेताको रुपमा क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अव नेपालले असोज १५ गते अफगानिस्तानसँग खेल्नेछ ।

टस जितेर पहिले व्याटिंग गरेको माल्दिभ्स केवल ५४ रनमा समेटिएको थियो । माल्दिभ्सलाई सस्तैमा समेट्ने क्रमममा भुवन कार्की, शक्ति गौचन तथा सागर पुनले दुई दुई तथा सोमपाल कामी र बसन्त रेग्मीले एक एक विकेट लिएका थिए ।

जवाफी लक्ष्य नेपालले १४ दशमलव २ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालका भरपर्दा व्याट्स्म्यान सुवास खकुरेल २७ रनमा अविजित रहे । कप्तान पारस खड्काले १५ रन जोेडे । शरद भेसवाकरले ६, सागर पुन र ज्ञानेन्द्र मल्लले एक एक रन बनाए ।

यसअघि शनिवार यस्तै गतिलोे नतिजा निकाल्ने क्रममा नेपालले कुवेतलाई ९ विकेटले हराएको थियो । २० रनमा समेटिएको कुवेतको लक्ष्य पछ्याउने क्रममा नेपालले केवल १७ बल खेलेको थियो । केहि वर्षयता नेपालले क्रिकेटमा उल्लेख्य प्रगति गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय