मुस्ताङी युवा ट्राउट पालनमा

काठमाडौं, १२ असोज– हिमाल पारिको जिल्ला मुस्ताङमा स्थानीय युवाले व्यबसायिक रुपमा रेन्बो ट्राउट माछा पाल्न थालेका छन् । अन्नपुर्ण पदमार्गको आकर्षक गन्तब्य तातोपानीमा आउने पर्यटकलाई लक्षित गरि घाँसा गाउँका पाँच युवाले चार महिनादेखि ८० लाखको लागतमा जापनीज रेन्बो ट्राउट माछा व्यबसाय थालेका हुन् । कास्कीको सार्दी खोलाबाट ५० हजार भुरा ल्याई गाउँको सिरानबाट बग्ने छतजरा खोलामा १६ पोखरी बनाई माछा पालेका छन् । पदयात्राको मौसम सुरु भएको र पोखरीमा माछा झिक्न योग्य भएकाले व्यबसायी उत्साही छन् । ‘अहिलेसम्म ८० लाख लगानी र्भसकेको छ , पोखरीसम्म ल्याउन प्रतिभुरा १२ रुपैंया खर्च भएको छ,’ लगानीकर्ता मध्येका पुनित गौचनले भने ‘माग र नाफा बढी देखिएको र घर छेउको चिसो खोला खेर गइरहेकाले ट्राउट पाल्न थालेको हो ।’ यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय