मलेसियामा एकजना पक्राउ

अर्जुन काफ्ले, मलेसिया असोज ११ होस्टलमा भएको समस्यालाई उग्र वनाएको आरोप लगाएर मलेसियाको जोहोरस्थीत कुलाइ जयामा रहेको जेसिवाइ कम्पनीमा कार्यरत एक नेपालीलाई स्थानिय प्रहरीले शुक्रवार पक्राउ गरेको छ । जेसिवाइमा कार्यरत ठेगाना नखुलेका युवराज ठकुरीलाई प्रहरीले पक्राउ गरेको उनका साथीले जानकारी दिएका छन् ।

केहि समय अगाडि विविध समस्या देखाएर आन्दोलनमा उत्रिएका नेपालीले होस्टल सुधारको माग गरेका थिए । हालसम्म पनि होस्टल सुधार नभएपछि समस्या सामाधानका लागि पहल गर्न लाग्दा ठकुरीलाइ कम्पनीले प्रहरीको जिम्मा लगाएको हो ।

उनका साथीले नाम उल्लेख नगर्ने सर्तमा टेलिफोन मार्फत दिएको जानकारी अनुसार धारामा एक हप्ता देखि पानी नआएको समस्या राख्दा होस्टल प्रमुखले राजनिति गर्न खोजेको भन्दै प्रहरी वोलाएका थिए । उनका अनुसार केहि समय अगाडी सो कम्पनीको कुलाइ जयामा रहेको होस्टल निरीक्षण गर्न मलेसियाका मन्त्री र नेपाली राजदुत डा. निरञ्जनमान सिंह बस्नेत सो ठाउँमा पुगेका थिए ।

त्यतिबेला होस्टलमा राम्रो सुधार गरिएको भएपनि नेपाली श्रमिकलाई कम्पनीले सुत्ने खाट दिए पनि ओच्छ्याउने समेत नदिएको उनले गुनासो गरे । जिफन्ट सपोर्ट ग्रुप मलेसियाले पक्राउ परेका ठकुरीको सकुशल रिहाइको माग गरेको छ । जिफन्ट सपोर्ट ग्रुप, मलेसिया संयोजक वेदकुमार खतीवडाले एक पटक नेपाली मजदुरका समस्या सम्वोधन गर्न नेपाल सरकारका तर्फबाट पहल गर्नु पर्ने र ठकुरीको सकुशल रिहाइ हुनु पर्ने वताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय