कतारमा पाँच नेपाली महिला अलपत्र

  काठमाडौं, ११ असोज– बायो सर्भिस क्लिनर कम्पनीमा क्लिनरको काम गर्दै आएका ५ नेपाली महिला ६ महिनादेखि तलब नपाएपछि घर फिर्न नपाएको भन्दै नेपाली दुतावास पुगेका छन् । उनीहरुले तलबका लागि श्रम विभागमा समेत उजुरी हालेका छन् । कमला राई, कमला डंगोल, निमाकुमारी पन्थी, सलिन मगर, जमुना गोले दुतावास पुगेका हुन् । ती मध्ये तीन जना डीपी डायनामीक (६९३० म्यानपावरबाट कतार आएका थिए । उनीहरुले अगष्ट ८ मा लेबरकोर्टमा मुद्दा हालेका थिए । लेबरकोर्टले यो मुद्दालाई उच्च अदालतमा जानका लागि सिफारिस गरेको छ । ‘पठाईदिन्छु भन्दाभन्दै महिनौं बिताईसकेको छ’ कमला राईले भनिन्, ‘हामीलाई दैनिक खानै समस्या परिसकेको छ ।’ पाँच जनामध्ये डंगोल, पन्थी र मगरले ६ महिनाको तलब नपाएका हुन् । उनीहरु सबैको कतारी परिचयपत्र (आइडी) को म्याद सकिसकेको छ । दुतावासका श्रमसहचारी लीलानाथ दाहालले उनीहरुको समस्या समाधान गरि नेपाल पठाउन प्रयास भइरहेको बताए । ‘पहिलादेखिनैं समस्या भइरहे पनि जुन २६ बाट भने निकै कठिनाई भोग्दै आएका थियौं,’ राईले भनिन्, ‘एक साता अघि घरबेटी आएर कोठा छोड्न दबाब दियो ।’ उनीहरुलाई कम्पनीले १२ घण्टा काम गर्दा पनि एक हजार रियालमात्रै दिंदै आएको छ । पीडितका अनुसार अहिले त्यो कम्पनी बन्द भइसकेको छ । कम्पनी कालो सुचीमा परेको हुँदा पठाउन नसकिएको भन्दै आएको दाहालले बताए । उनीहरुले काम छाडेर बसेका छन् । उनीहरु समस्या समाधानका लागि कतार राष्ट्रिय मानव अधिकार समितिमा पुगेका थिए । कम्पनीले आफु आर्थिक संकटमा परेकाले तलब दिन नसकिने बताएको उनीहरुले जनाए । म्यानपावरले आफुबाट गएको तीन जना महिलालाई खानका लागि केहि सहयोग गरेको बताए । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: