विदेशबाट फर्किनेलाई घरै पुर्याईदिने सुविधा

काठमाडौं असोज ११- हिमालयन बैंकले सञ्चालन गरेको हिमाल रेमिटले विदेशबाट फर्कने आफ्ना नियमित ग्राहकलाई काठमाडौंबाट घर जाने बसको व्यवस्था गरेको छ । चाडपर्वमा गाडी चढ्न नपाइने र विभिन्न ठाउँमा गहुँगो झोला बोकेर दौडनु पर्ने समस्या समाधान गर्न बस सेवा प्रदान गर्न लागिएको कम्पनीले जानकारी दिएको छ ।

“चाडपर्वका बेला उपत्यका बाहिर जाने क्रममा हुने यातायात व्यवस्थापनको झन्झट एक ठूलो समस्या बन्दै आएरहेको छ । अझ विदेशबाट यो बेलामा नेपाल आउँदा घर पुग्न धेरै नै समस्या व्यहोर्नु पछर्” कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कम्पनीले पूर्व, पश्चिम मध्य तथा सुदुर पश्चिम क्षेत्रमा जान सुविधायुक्त गाडी व्यवस्था गरेको जनाएको छ । ति बसहरु यहि असोज १२, १३ र १४ गते काठमाडौंबाट गन्तव्यतर्फ छुट्नेछन् । सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो सुविधा दिइएको कम्पनीले जनाएको छ । आजको राजधानी दैनिक लेख्छ –कम्पनीले सञ्चालन गर्ने बसहरुमा प्राथमिकताका आधारमा पहिलो आउनेले सुविधा पाउने छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: