लाहुरेलाई एनआरएनसरह नागरिकता

काठमाडौं, ११ असोज– संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले ब्रिटिश र सिंगापुर सेनामा रहेका नेपालीलाई गैरआवासीय नेपाली(एनआरएन) सरह नागरिकता दिने सहमति गरेको छ । यसअघि एनआरएनलाई राजनीतिक अधिकार नहुनेगरि आर्थिक, सामाजिक अधिकारसहितको बिशेष नागरिकता दिन सकिने सहमति थियो । उनीहरुले दोहोरो नागरिकता माग गर्दै आएपनि अन्य एनआरएनसरह दिने सहमति भएको समिति सभापति बाबुराम भट्टराईले जानकारी दिए । ‘ब्रिटिश र सिंगापुर सेनमा रहेका नेपालीले दोहोरो नागरिकता पाउन पहल गरेका थिए ।’ उनले भने, ‘तर, उनीहरुलाई पनि एनआरएनलाई जस्तै नागरिकता दिने सहमति भएको छ । उनका अनुसार बाबुआमा दुवै नेपाली भए वंशजका आधारमा छोराछोरीले नागरिकता पाउनेछन् भने बाबुआमामध्ये एक नेपाली भए पहिचानसहितको नागरिकता प्राप्त गर्न सकिने सहमति छ । सम्पत्तिको हकको सम्बन्धमा भने लामो समय बहस भएपनि सहमति हुन सकेन । ‘अन्य कुरामा सहमति छ तर वैज्ञानिक भुमिसुधार गर्दा हकबन्दीभन्दा बढीको जग्गामा क्षतिपुर्ति दिनेनदिने भन्ने बिषयमा सहमति बन्न सकेन’ भट्टराईले भने । यो खबर आजको नागरिक दैनिकले छापेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: