
लक्ष्मण खनाल, युएई असोज ११- विजया दशमीको उपलक्ष्यमा प्रवासी नेपाली मञ्च युएईले आयोजना गरेको दशै शुभकामना तथा रमाइलो बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
युएईमा कार्यरत प्रवासी नेपाली संघ संस्थाहरु र व्यक्तिहरु विच शुभकामना आदान प्रदान गर्ने उद्देश्यका साथ आयोजना गरिएको सो कार्यक्रममा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालका बरिष्ठ उपाध्यक्ष तथा प्रसिद्ध गायक बद्री पंगेनी विशेष अतिथीका रुपमा सहभागि थिए ।
गायक बद्री पंगेनीले आमा विदा पाउदिन अहिलेको दशैंमा घरमा आउदिन भन्ने गित गाउँदा उपस्थित सबै भाव विह्वल भएका थिए । पंगेनीले शुभकामना मन्तव्य राख्दै प्रवासी युवाले परदेशिनु पर्ने बाध्यताहरुको खोजी गर्नुपर्ने र अहिलेको राजनैतिक तरलताले निकाश पाएपछि विदेशको अनुभव बोकेर आफ्नै देश विकासमा लाग्नु पर्नेमा जोड दिए ।
सो कार्यक्रममा एनआरएनए आइसिसि मध्यपूर्व संयोजक चन्द्र रोकाहा, एनआरएनए एनसिसी युएईका अध्यक्ष कृष्ण भुषाल, नेपाली समाज युएईका अध्यक्ष ज्ञानेन्द्र कार्की लगायत युएईमा क्रियाशिल विभिन्न संघ संस्थाका प्रमुखहरु र स्थानीय कलाकारहरु सहभागि थिए ।
औपचारिक कार्यक्रम सकिएपछि यूएईमा रहेका नेपाली कलाकारका विभिन्न प्रस्तुती, खेलहरु र नेपाली परिकारले कार्यक्रमलाई रोचक र मनोरञ्जनात्मक बनाएको थियो ।
भिडियो हेर्नुहोस् ।
https://www.youtube.com/watch?v=9mA3YuG_Gpo#t=64