कोरियामा नेपालीलाई प्राथमिकता दिन आग्रह

काठमाडौं । रोजगार अनुमति प्रणाली(इपिएस) मार्फत दक्षिण कोरिया जान लिइने भाषा परिक्षा सुरु भएको पहिलो दिन शुक्रवार २९ हजार ८ सय ९१ ज्नाले परिक्षा दिएका छन् । सो परिक्षा आज(शनिवार) पनि हुनेछ ।

यस वर्ष दुई दिनको चार सिफ्टमा सञ्चालन हुने परिक्षाका लागि फारम भरेका ६२ हजार २ सय २३ जना मध्ये पहिलो दिनको परिक्षामा २९ हजार भन्दा धेरै सहभागि भए । शुक्रवारको परिक्षामा ३१ ह्जार १ सय ८ जनाले परिक्षा दिनुपर्नेमा १ हजार २ सय १७ जना परिक्षार्थी अनुपस्थीत थिए ।

भाषा परिक्षाका लागि दक्षिण कोरियाको मानव संशाधन विकास(एचआरडी) का उपाध्यक्ष चुनबोक लि को नेतृत्वमा ६२ सदस्यीय टोली गत बुधवार नेपाल आएको छ । उनीहरुले भाषा परिक्षाको अनुगमन र निरिक्षण गर्दैछन् । परिक्षा पछि उत्तर पुस्तिका कोरिया नै लैजाने ईपिएस कोरिया शाखाले जनाएको छ ।

ईपिएस कोरिया शाखाका प्रमुख डिल्लीराम बाँस्तोलाले शुक्रवारको परिक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थीत रुपमा भएको जनाएको आजको राजधानी दैनिकले खवर छापेको छ । राजधानीमा मधुजंग पाण्डे लेख्छन् भाषा परिक्षाको नतिजा आगामी असोज २९ गते सार्वजनिक हुनेछ ।

यसैबीच परिक्षा अनुगमनका लागि कोरियाबाट नेपाल आएका एचआरडीका उपाध्यक्ष लिले शुक्रवार श्रम तथा रोजगार मन्त्रालयका सचिव भोला शिवाकोटीसँग भेटघाट गरे ।

भेटघाटका क्रममा सचिव शिवाकोटीले नेपालीलाई कोरियाको रोजगारीमा उच्च प्राथमिकता दिन आग्रह गरेका थिए । उत्तरमा एचआरडी कोरियाका उपाध्यक्ष लिले कोरियाले यस वर्ष सुरुमै कोटा नतोक्ने भनेको र परिक्षाफल आउने सयमसम्म यहाँको परिस्थीति हेरेर मात्र कामदार उत्तीर्ण गर्ने बताएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय