कोरियामै बेपत्ता !

काठमाडौं, असोज १०– इन्चोन एसियाडमा खेल्न दक्षिण कोरिया गएका तीनजना नेपाली खेलाडी उतै लुकेका छन् । यसअघि बुधवार अमन पोडे लुकेका थिए भनें विहिवार उसुका थप दुई खेलाडी सोमवीर तामाङ र निराजन आलेमगर पनि लुकेको खवर सार्वजनिक भएको छ ।

यसरी खेलाडी लुक्दा देशकै बेइज्जती हुने गर्दछ । त्यहि कुरालाई मध्यनजर गर्दै खेलाडीलाई विदाई गर्दा नै युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले कोरिया गएका सवै खेलाडी फर्किने विश्वास गरेको बताएका थिए । कोरियाका टेलिभिजन तथा अन्य सञ्चार माध्यमले नेपाली खेलाडी लुकेको खवरलाई प्राथमिकताका साथ प्रशारण गरिरहेका छन् । यसले नेपालको अन्तराष्ट्रिय जगतमा नै बेइज्जत भएको दुखेसो कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामाले व्यक्त गरेका नागरिक दैनिकले लेखेको छ ।

लुकेका मध्ये थाउलोका खेलाडी निराजन सशस्त्र प्रहरीका हुन् । सोमवीर भनें ६५ केजी मुनी सान्सौंमा सहभागि थिए । उनी सिन्धुपाल्चोकका बासिन्दा हुन् ।

एथलेट भिजेजमा विहिवार मुलुक फर्कने खेलाडीको बिदाई कार्यक्रममा खेलाडीको खोजी गर्दा दुईजना खेलाडी नभेटिएको नेपाली टोलीका सेभ द मिसन छिमी उर्केन गुरुङले बताए । सम्वन्धित खेलका पदाधिकारी नै जिम्मेवार नदेखिएको गुरुङले गुनासो गरेको कान्तिपुर दैनिकले लेखेको छ । उनले भने –सम्वन्धित खेलका पदाधिकारीले देखाउनु पर्ने जिम्मेवारी देखाएनन्, यसले मुलुककै बेइज्जत गरेको छ ।

इन्चोन एसियाडमा नेपालका तर्फबाट २ सय ४ जना खेलाडी सहभागि छन् । २५ मध्ये केहि खेल सकिंदा नैै तीन जना खेलाडी भागिसकेका कारण नेपाली टोलीको टाउको दुखाई अझ बढेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय