ऋतिका भइन् मिस टिन

काठमाडौं, असोज १०– काठमाडौं जेसिजद्धारा आयोजित ‘मिस टिन नेपाल २०१४’ को उपाधि ऋतिका खरेलले जितेकी छन् । काठमाडौंको आर्मी अफिसर्स् क्लवमा बिहिवार सम्पन्न प्रतियोगिताको १२ औं संस्करण जित्ने क्रममा ऋतिकाले २१ जना प्रतिस्पर्धीलाई पछि पारिन् । विजेता भएसँगै उनले एक स्कुटर सहितको पुरस्कार जितिन् । राजधानीको सेन्ट जेभियर कलेजकी विद्यार्थी ऋतिका यात्रा तथा अध्ययन्मा रुचि राख्छिन् । गीतसंगीत सहितकोे मनोरञ्जनात्मक कार्यक्रमका बीच सम्पन्न सो प्रतिस्पर्धामा सामना गुरुङ फस्ट रनरअप हुन सफल रहिन् । सो उपाधिसँगै सामनाले उत्कृष्ट ड्रेसको टाइटल समेत जितिन् । यसैगरी मलिशा महर्जन सेकेण्ड रनर अप घोषित भइन् । उनी गीत तथा नृत्यमा रुचि राख्दछिन् । रिपब्लिका दैनिकसँगको साझेदारीमा आयोजित सो कार्यक्रममा रेश्मा श्रेष्ठ ‘मिस फोटोजेनिक’ भइन् भनें सुस्मिता पाण्डेलाई ‘मिस ट्यालेण्ट’को उपाधि दिइयो । यसैगरी रोशनी थापाले ‘मिस डिसिप्लिन’, प्रतिज्ञा झाले ‘बेष्ट वाक’को उपाधि पाइन् । दर्शकको रोजाईमा भनें जेनी महर्जन परिन् । उनलाई ‘अडियन्स च्वाईस’को उपाधि प्रदान गरियो । रिया बजाजले ‘मिस पपुलर’को उपाधि जितिन् । चार चरणमा सम्पन्न सो प्रतिस्पर्धाको मुख्य निर्णायक जेसिस सिनेटर दिवाकर राजकर्णिकार रहेका थिए । यसैगरी अघिल्लो वर्षकी मिस नेपाल ईशानी श्रेष्ठ, अभिनेत्री प्रियंका कार्की, अभिनेता अनुुपविक्रम शाही, नेकपा एमालेका नेता योगेश भट्टराई, नेपाल रिपब्लिक मिडियाकी कर्पोरेट अफेयर्स म्यानेजर समृद्धि ज्ञवालीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय