निःशुल्क सीप सिक्नेहरुको खाँचो

काठमाडौं, माघ १२-

४० जनालाई निःशुल्क गार्मेन्ट तालिम लिन पटकपटक प्रयास गर्दा आवश्यक संख्या नजुटेपछि ललितपुरमा रहेको सुवर्ण मल्टिपल ट्रेनिङ सेन्टरले २६ जनाबाटै केही दिनअघि उक्त तालिम सुरु गर्यो

काम गर्न बिदेसिनेलाई दक्ष बनाउन सुरक्षित आप्रवासन (सामी) परियोजनाको सहयोगमा उक्त ट्रेनिङ सेन्टरले गार्मेन्टसम्बन्धी सीप निःशुल्क सिकाउने मात्र नभई बस्ने, खाने व्यवस्था गरेको सूचना पटकपटक सार्वजनिक सञ्चार माध्यमबाट जारी गर्दा पनि आवश्यक संख्या पुगेन निःशुल्क सीप सिकाउनुको साथै खाने, बस्नेसहित ४० जनालाई सहयोग गर्ने अवस्थामा थियौं,’ ट्रेनिङ सेन्टरकी संयोजक सोनाली ताम्राकारले भनिन्, ‘प्रशिक्षार्थी जुटाउन विभिन्न सञ्चार माध्यममा सूचना जारी गर्नेदेखि लिएर सामीले कार्यक्रम सञ्चालन गरिरहेका १६ जिल्लाका सूचना केन्द्रमा समेत बस्ने, खानेसहित निःशुल्क तालिमबारे खबर पुर्यायौं तैपनि आवश्यक संख्या जुटेन

वैदेशिक रोजगारीमा जाने कामदारले आवश्यक सीप नसिक्दा एकातिर राम्रो पारिश्रमिक पाउन नसकेको अर्कोतर्फ जोखिमका घटना बढेको गुनासोबीच कामदारलाई दक्ष बनाउन सुरु गरिएका तालिममा सरोकारवालाकै आकर्षण देखिएन वैदेशिक रोजगारीमा जान मरिहत्ते गर्ने युवायुवतीलाई निःशुल्क सीप सिकाउन खोज्दा इच्छुक व्यक्ति फेला नपरेपछि तिनलाई कसरी दक्ष बनाउने भन्नेमा चुनौती थपिएको सम्बद्ध अधिकारी बताउँछन्

श्रम विज्ञहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सम्बन्धित कामको सीप अनिवार्य हुनुपर्ने आवश्यकतामा जोड दिइरहेको बेला खाने, बस्नेसहित निःशुल्क तालिम दिन खोज्दा त्यस्ता तालिममा सीप सिक्न न्यून संख्याको आकर्षण भइरहेको पाइएको हो सुवर्ण मल्टिपल ट्रेनिङ सेन्टरकी संयोजक ताम्राकार सामीको सहयोगमा गार्मेन्टको तालिम निःशुल्क हुने मात्र नभई रोजगारीका लागि जोर्डन जाने महिलाको लागत खर्चसमेत शून्य हुने व्यवस्था मिलाइएको बताउँछिन् रोजगारीका लागि जोर्डन जाने महिलालाई तालिम निःशुल्क हुने मात्र नभई जोर्डन जाँदासम्म एक रुपैयाँ खर्च हुँदैन भनिरहेका छौं,’ सामी परियोजनाकी व्यवसायिक सीप विकास अधिकृत सुनिला बनियाँ भन्छिन्, ‘बढी भन्दा बढी महिलाको वैदेशिक रोजगारी सुरक्षित उपलब्धिमूलक होस् भनेर गरिएका प्रयासमा समेत उनीहरूको खासै चासो देखिएको छैन

बस्ने, खानेसहितको निःशुल्क तालिममा सहभागी नभएका महिला भने दलालको प्रलोभनमा परेर वैदेशिक रोजगारीमा जाने क्रम जारी रहेको पाइएको वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो समयमा वर्षमा १८ हजारभन्दा बढी महिला रोजगारीका लागि विभिन्न गन्तव्यमा जाने गरेका छन् तीमध्ये अधिकांश सीप नसिकी जाने गरेको पाइएको चालु आर्थिक वर्षको महिनामा (साउनपुससम्म) श्रम स्वीकृति लिएर ११ हजार पाँच सय महिला बिदेसिएका छन्

सामी परियोजनाकी टिम लिडर सीता घिमिरे महिलालाई वैदेशिक रोजगारीमा समस्या नहोस् भनेर निःशुल्क तालिममा बढीभन्दा बढीलाई सहभागी गराउन खोजे पनि आवयश्क संख्या भेट्न सधैं गाह्रो हुने गरको बताउँछिन् उक्त परियोजनाले सन् २०१४ यता गार्मेन्ट, मेसन, सटरिङ लगायतका क्षेत्रमा एक हजार दुई सयलाई निःशुल्क तालिम दिइसकेको जनाएको नागरिकबाट 

यो पनि पढ्नुहोस् होसियार ! ठग्नलाई यस्तो समेत कागजात बनाउँछन् मेनपावर कम्पनीले

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय