काठमाडौं, कात्तिक ९-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ४३ पैसा र विक्रि दर २८ रुपैंयाँ ६० पैसा रहेको छ । युएई दिरहमको खरिददर २८ रुपैंयाँ १९ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ३५ पैसा छ ।
यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ६१ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ७७ पैसा रहेको छ । मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ ४४ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ५९ पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । लामो समयपछि बल्ल रिंगिट २४ रुपैंयाँ उकालो लागेको छ । यसले मलेसियामा कार्यरत नेपालीलाई राहत दिएको छ ।
कुवेती दिनारको खरिददर ३४२ रुपैंया ३७ पैसा छ भनें विक्रि दर ३४४ रुपैंयाँ ३५ पैसा छ । बहराइन दिनारको खरिददर २७४ रुपैंयाँ ५१ पैसा छ भनें विक्रि दर २७६ रुपैंयाँ १० पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
