कामदारलाई सुन भरिया बनाउने दुईजना विमानस्थलमा पक्राउ

 

काठमाडौँ, जेठ १६-

साउदी अरबबाट नेपाल आएका व्यक्तिसँग सुन सङ्कलन गर्ने समूहका दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । 

कपिलवस्तु शिवपुर–४ घर भएका ३७ वर्षीय रामभोजन थारु र चितवन वीरेन्द्रनगर घर भई काठमाडौँ महानगरपालिका नयाँ बसपार्कमा होटल म्याग्दी पोखरा सञ्चालन गरी बस्ने ३२ वर्षीय राजकुमार भुसाललाई प्रहरीले २०० ग्राम सुनसहित पक्राउ गरेको हो । 

साउदीबाट थारुसँगै नेपाल आएका उनका साथीहरुसँग भन्सार जाँचपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ स्थलमा बसी सुन सङ्कलन गरिरहेका अवस्थामा दुवैलाई सुनसहित पक्राउ गरिएको हो । रासस 

यो पनि पढ्नुहोस् 

हुण्डी रोक्न बैंक खाता अनिवार्य बनाउँदै सरकार 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय