काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजेराहमा ठूलो दुर्घटना भएको छ । दुर्घटनामा परेर १४ जनाले ज्यान गुमाएका छन् भनें ३० जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु पुष्टि भएका १४ जनामा यूएईका नागरिकका साथै केही विदेशी नागरिकसमेत रहेका छन्। सो दुर्घटनामा १८ वटा कार र पाँचवटा ट्रक ठोक्किँदा भएको हो ।

यूएईका सञ्चार माध्यमहरुले त्यहाँको गृह मन्त्रालयलाई उधृत गर्दै लेखेको समाचार अनुसार विहिवार मध्यरातमा भएको सो दुर्घटना एक ट्रक चालकले सवारीसाधनको नियन्त्रण गुमाएपछि अर्को ट्रकसँग ठोक्किएपछि भएको हो । त्यसपछि दुवै ट्रक सडकबाट अनियन्त्रित भई सुस्त गतिको ट्राफिकका कारण रोकिएका अन्य सवारीसाधनहरूमा गएर ठोक्किएका थिए। ठक्करलगत्तै ट्रकमा आगलागी भएको र आगोको लप्काले अन्य थुप्रै सवारीसाधनलाई चपेटामा लिएको मन्त्रालयले जनाएको छ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मन्त्रालयले आपत्कालीन र विशेष टोलीहरूले दुर्घटनापछिको उद्धार तथा व्यवस्थापन कार्य जारी राखेको उल्लेख गरेको छ। घाइतेमध्ये १५ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने बाँकी १५ जनाको अस्पतालमा उपचार भइरहेको छ।

मृतकहरूको पहिचानका लागि डीएनए परीक्षण भइरहेको प्रहरीले जनाएको छ। मन्त्रालयले घाइते हुनेहरूमा यूएई, ओमान, भारत, ब्राजिल, पाकिस्तान, जोर्डन र इजिप्टका नागरिकहरू रहेको जानकारी दिएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय