काठमाडौं । वैदेशिक रोजगारीमा जापान पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–१ घर भएका २६ वर्षीय दीपबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनी नीम इजुकेशन कन्सल्टेन्सीका सञ्चालक रहेको प्रहरीले बताएको छ ।

जापान पठाउने भन्दै उनले १५ जनाबाट १ करोड १ लाख लिई ठगी गरेको पाइएको प्रहरीको भनाई छ । यसैगरी उनले ६ वटा बैैंकिङ कसुरको मुद्दामा ३४ लाख ६५ हजार ठगी गरेको खुलेको पनि प्रहरीको दावी छ । पक्राउ परेका तामाङलाई वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय