काठमाडौं । कुवेतमा ड्रोन आक्रमणमा परेर मृत्यु हुने नेपाली सोमकुमार तामाङ रहेको खुलेको छ । बिहीबार भएको ड्रोन आक्रमणमा परेर ज्यान गुमाएका तामाङ सवारी चालकको रूपमा कार्यरत रहेको नेपाली दूतावासले जनाएको छ। नेपालको ठेगाना तेह्रथुम रहेका उनी ४४ वर्षीय थिए ।

यस घटनासम्बन्धी आधिकारिक रूपमा दूतावासले जानकारी दिँदै मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ। शव नेपाल पठाउनका लागि आवश्यक कार्य भइरहेको पनि दूतावासले बताएको छ।

परराष्ट्र मन्त्रालयले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै यस घटनामा दुस्ख व्यक्त गरेको छ। मन्त्रालयले नेपाली नागरिकप्रति गरिएको आक्रमणको निन्दा समेत गरेको छ। मन्त्रालयले सबै पक्षलाई संवाद र कुटनीतिक माध्यमबाट समस्याको समाधान गर्न अनुरोध गरेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय