काठमाडौं । कतारमा जनक राई पक्राउ परेका छन्। उनलाई बुधवार नेपाल ल्याइएको छ । जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका ३२ वर्षीय राईलाई एनसिबी कतार दोहाको समन्वयमा पक्राउ गरिएको हो । उनलाई सो मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनका लागि नेपाल फिर्ता ल्याइएको हो।

सो मुद्दामा संलग्न रही फरार उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्न एनसिबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ चैत १९ गते रेड नोटिस जारी भएको थियो ।

उनलाई सम्बन्धित कसुरबमोजिम कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भोजपुरमा बुझाइने प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय