काठमाडौं । दक्षिणपूर्वी एसियाका विभिन्न देशहरुमा सञ्चालिन अनलाइन ठगी (स्क्यामिङ) मा नेपाली युवा फस्ने क्रम ठूलो देखिएको छ । त्यस्ता ठगी केन्द्रहरुमा पुर्याइएका नेपालीलाई बन्धक बनाएर काम गर्न बाध्य पार्ने गरिएको हो । नेपालले हालसम्म त्यसरी फसाइएका ३ सय ९२ जनाको उद्धार गरेको छ ।

आकर्षक तलवको प्रलोभनमा परेर थाइल्याण्ड, म्यानमार, कम्बोडिया लगायतका मुलुकहरुमा पुग्ने नेपालीहरुले त्यहाँ पुगेपछि अनलाइन ठगीको काम बाध्यतापूर्वक गर्नु परिरहेको छ । यसमा संगठित रुपमा नै गिरोह संलग्न रहेको र सो गिरोह मार्फत सयौंको संख्यामा नेपालीहरु त्यस्ता केन्द्रहरुमा पुग्ने र बन्धक भएर काम गर्नु परिरहेको अनुसन्धानले देखाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवत्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार यस्तो ठगीमा कम्प्यूटर सम्वन्धी सीप भएका र युएई लगायतका मुलुकहरुमा गएर काम गरेको अनुभव भएका व्यक्तिहरुलाई लक्षित गर्ने गरिएको छ । उनीहरुलाई सुरक्षा गार्ड, अनलाइन डेटिङ, क्यासिनो, गेम, फिसिङ लगायतका काममा संलग्न गराउने गरिएको छ । लक्ष्य दिइने त्यस्तो काममा लक्ष्य पुरा गर्न नसक्नेहरुलाई शारिरीक र मानसिक यातना समेत दिने गरेको पाइएको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मन्त्रालयका अनुसार थाइल्याण्डस्थित नेपाली दूतावासको पहलमा थाइल्याण्ड, म्यानमार र कम्बोडियाका विभिन्न ठाउँहरुबाट ३ सय ९२ जना नेपालीको उद्धार सम्भव भएको छ । यसैगरी ३०९ जना अहिले पनि उद्धारको पर्खाईमा छन् । म्यानमारको अदालतले १८ जना नेपालीलाई यस्तो गैरकानुनी कार्यमा संलग्न रहेको अभियोगमा एक बर्षको जेल सजाय सुनाएको छ । उनीहरुको पनि उद्धारको पहल भइरहेको मन्त्रालयले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय