
रञ्जना लम्साल, जेठ ४-
आप्रवासी कामदार हकहित संरक्षण मञ्च, नवलपरासीकोे आयोजनामा अन्तरक्रिया तथा समिति बिस्तार भएको छ । हुप्सेकोट गाउँपालिकामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले बैदेशिक रोजगारीका क्रममा समस्यामा परेका ब्यक्तीलाई स्थानिय निकायसम्म पुर्याउन समिति लागि पर्नु पर्ने बताए ।
उनले स्थानिय निकायले गर्नुपर्ने काममा सामी परियोजना र हकहित संरक्षण मञ्चले सहयोग गरिरहेकाले सुचना केन्द्र र मञ्चलाई गाउँपालिकाले हरसम्भव सहयोग गर्ने पनि बताए ।
यसैगरि सामी परियोजनाका कार्यक्रम संयोजक रितुराम सोती थापाले बैदेशिक रोजगारीको पछिल्लो अवस्था र हुप्सेकोट गाउँपालिकामा समस्यामा परेको ब्यक्तीहरुलाई सामी परियोजनाले गरिरहेको सहयोगको बिषयमा प्रकाश पारे ।
हुप्सेकोट गाउँपालिका वडा नं १ का अध्यक्ष चित्र बाहादुर कानुड र वडा नं ४ का अध्यक्ष रोशन थापाले आप्रवासी कामदार हकहित संरक्षण मञ्चले हालसम्म गरेको काम महत्वपुर्ण रहेको भन्दै अव बन्ने समितिले पनि अझै राम्रा काम गर्नु पर्ने भन्दै मञ्चलाई सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रमले ऋषिराम डुम्रेको अध्यक्षतामा ९ सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरेको छ । कार्यक्रम जिल्ला अध्यक्ष बल बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यो पनि पढ्नुहोस् विप्रेशणको आशमा नेपाल भित्रिएको डिप्रेसन