बलादियाको काममा पठाउन नसकेपछि हस्ताक्षर नमिल्ने चेक दिएर फरार

 

प्रभातकुमार मिश्र, जनकपुर चैत्र २५-

युएईमा आकर्षक तलव हुने बलादियाको काममा लगाइदिने भन्दै केहि युवाको रकम ठगेर एउटा समुह फरार भएको गत असोज गते रोजगारीमा पठाउने भन्दै पासपोर्ट लाख १० हजार रकम उठाएर रोजगारीमा नपठाएको पछि रकम फिर्ता माग्दा एजेण्ट बेपत्ता भएको भन्दै रकम पासपोर्ट फिर्ता गराइदिन भन्दै पीडितले धनुषास्थीत सुचना केन्द्रमा निवेदन दिएका छन्

जनकपुर उपमहानगरपालिका १३ पिडारीका सन्तोष पासवानले युएई जान सो रकम असिम शर्मा भनेर चिनाइएका उमेश खड्कालाई बुझाएको बताएका छन् खड्कालाई जनकपुर नै माइती भएकी एक महिला सुस्मीता श्रीवास्तवले शालिनदी नामको मेनपावर कम्पनीका सञ्चालक भन्दै चिनाएको सोही आधारमा आफूले रकम बुझाएको पासवानको भनाई उनले ८० हजार नगद खड्कालाई हातैमा बुझाएको ३० हजार कृषि विकास बैंक, कपन शाखामा जीवनकुमारी खड्काको नाममा रहेको खातामा असोज २३ गते जम्मा गरिदिएका थिए खड्काले सो खाता आफ्नी आमाको भएको बताएका थिए हाल सो खाता बन्द रहेको बैंकले जानकारी दिएको

आफु लगायत अन्य दुईजनाको रकम उठाएर एजेण्ट बेपत्ता भएपछि पासवानले श्रीवास्तव तथा खड्काबाट क्षतिपूर्ति सहित रकम दिलाइदिन पासपोर्ट फिर्ता गराइदिन आग्रह गर्दै निवेदन दिएका हुन्

पासवानले एजेण्ट भनेका सुस्मिता श्रीवास्तवले भनें आफूले खड्कालाई नचिनेको पीडितले आफ्नो नाम अनाहकमा फसाएको बताएकी छिन् उनले आफू पहिले सक्सेस नेपाल ग्लोवल नामको मेनपावर कम्पनीमा काम गर्ने गरेको पासवान लगायतका युवा आएपछि सुरुमा आफूले पासपोर्ट लिएपनि पछि उनीहरुले भने अनुसारको काम नभएपछि पासपोर्ट उनीहरुलाई नै फिर्ता गरिदिएको दावी गरेकी छिन् श्रीवास्तवले पछि ति युवाले असिम शर्मासँग आफैं सम्पर्क गरेको उनलाई रकम बुझाउन जाँदा आफूलाई सँगै गइदिन आग्रह गरेपछि माइती गाउँका युवाका लागि सहयोग स्वरुप आफू पनि गएको रकम दिएको ग्यारेण्टी माग्दा असिमले नेपाल एसबीआइ बैंकको रु, ८० हजारको चेक दिएको बताइकी छन् उनले ति व्यक्तिलाई आफूले नचिन्ने दावी गरेकी छन्

ग्यारेण्टीस्वरुप दिइएको नेपाल एसबीआइ बैंकको सो चेकमा खड्काको दस्तखत मिल्दैन उनको खाता नम्वर मिलेपनि सो खातामा त्यति रकम पनि नभएको दस्तखत समेत नमिलेपछि आफूहरु ठगिएको भन्दै पीडित सहयोगका लागि सुचना केन्द्र पुगेका हुन्

यो पनि पढ्नुहोस् विदेश पठाउने नाममा एजेण्टले हडपेको करोडको जग्गा १३ बर्षपछि फिर्ता 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय