
क्वालालम्पुर, चैत्र १-
एक ईण्डोनेशियाली महिला मृत अवस्थामा भेटिएपछि प्रहरीले उनको हत्यामा संलग्न रहेको आशंकामा दुई नेपालीलाई पक्राउ गरेको छ । मलेसियाको जर्जटाउनमा भएको सो घटनामा एउटै फ्ल्याटमा बस्दै आएका ति दुई नेपालीलाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रमुख अनुर ओमारका अनुसार ति ईण्डोनेशियाली महिला तिनै दुई नेपाली पुरुष मध्ये कुनै एकको नजिकको सम्वन्ध भएको अनुमान प्रहरीको छ ।
पेनाङ अस्पतालले ति महिलाको शरिरमा कुनै घाउचोट नदेखिएको र अन्य कुरा शवको पोष्टमार्टम पछि मात्र भन्न सकिने जनाएको छ ।
यो पनि पढ्नुहोस् छोेरा दुवईमा, बाबु आमा गाउँमा कमाउँदै