‘हामी अलपत्र भयौं, नेपाल फर्काइदेउ’

 

अम्विका दाहाल, खोटाङ, फागुन २७-

वैदेशिक रोजगारीका लागि साउदी अरव पुगेका आठ जना नेपाली कामदारको बिचल्ली भएको चारवर्ष देखि वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा रहेका उनीहरु विगत एकवर्षदेखि काम दाम नपाएपछि उनीहरु विचल्लीमा परेका हुन

काठमाडौंस्थित इल्मेस मेनपावर मार्फत रोजगारीका लागि साउदीको अल्फाक कम्पनीमा पुगेका खोटाङका पृथ्बी विक लगाएत आठ जना कम्पनीले काम दाम नदिनुका सार्थ बसिरहेको कोठाबाट समेत निकालिदिएपछि थप समस्यामा परेका छन कम्पनीले कोठाबाट निकालिदिए पछि जनप्रगतिशिल नामक संस्थाको सहयोगमा बसिरहेका उनीहरुले आफुहरुलाई जति सक्दो चाँडो नेपाल फर्काउन पहल गरिदिन आग्रह गरेका छन् पीडितका परिवारले उद्धारका लागि सुरक्षित आप्रवासन परियोजनाद्धारा खोटाङ सञ्चालित सुचना केन्द्रमा मा निवेदन दिएका छन

समस्यामा पर्नेहरुमा बिराटनगरका भीमप्रसाद दाहाल, उदयपुरका देवान श्रेष्ठ, जाजरकोटका बिष्णु नेपाली, सर्लाहीका राम बहादुर मलोन, धनुषाका रामसागर मण्डल, सिराहाका बिन्देश्वर मोचि पाँचथरका सन्तोष आङ्देम्बे छन

अलपत्र परेकाहरु मध्ये कसैलाई मेसन तथा कसैलाई कार्पेन्टरको काममा भन्दै लगिएको भएपनि सुरु देखि नै कम्पनीले करार बमोजिमको काममा नलगाएको पिडितको गुनासो पहिला काम फरक भएपनि तलव पाउँदै थियौं तर विगत एक वर्ष देखि भने काम पायौं दाम” विकले फोनमा भने नेपाल जान्छौं भन्दा पनि कम्पनी कानमा तेल हालेर बसेको

एक वर्षदेखि कम्पनीले काम दाम नदिएर पैसा नपठाएको भन्दा घरपरिवारलेसम्म विश्वास गर्न छोडेको खोटाङ अर्खौलेका बिकले बताए वैदेशिक रोजगारीको रकमबाट घरपरिवारको गुजारा चलाईरहेका उनीहरुको परिवार समेत अप्ठेरोमा परेको

नेपाल फर्किन पाए अर्को देश जाने योजना बनाएका उनीहरु धेरै पटक दुतावास समेत धाइसकेका छन खान बस्न समेत अर्काको सहयोग मागिरहेका उनीहरु साथिहरुसंग पैसा माग्दै पटक पटक दुताबास जाँदा पनि फर्किने व्यवस्था मिलाउन नसकेको उनीहरुको गुनासो दुताबासले कम्पनीसंग कुरा गर्दैछौं चाँडै हुन्छ भनेको धेरैपटक भइसकेको उनीहरुले बताए

यो पनि पढ्नुहोस् बल्ल स्वदेश फर्किन पाए थनेत

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय