
रञ्जना लम्साल, नवलपरासी, माघ २१-
मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख चन्द्र बहादुर रानाले बैदेशिक रोजगारी नेपालीका लगि रहर नभई बाध्यता भएको भन्दै उनीहरुको रोजगारी ब्यबस्थीत बनाउन स्थानीय सरकार लागि पर्ने बताएका छन् । कावासोतीमा सम्पन्न आप्रवासी कामदार हकहित संरक्षण मञ्चको तेस्रो साधारण सभामा बोल्दै उनले थानेश्वर बचाउ अभियानमा सहयोग गर्ने ब्यक्ती तथा संस्थालाई धन्यवाद पनि दिए । उनले यो समस्या एकजना नेपालीको मात्र समस्या नभएर धेरै नेपालीले भोगीरहेको भन्दै यसमा देखिएको एकता सह्रानिय रहेको बताए ।
सो अवशरमा सरावल गाउँपालिकाकी उपाध्यक्ष उत्तमा रायले स्वदेशमा पनि रोजगारीको पर्याप्त सम्भावना रहेको भन्दै त्यसको पहिचान गर्न आग्रह गरिन् । उनले बैदेशिक रोजगारमा जानेलाई सीप सिकेर मात्र जाने वातावरण बनाउन सके युवाहरुले बिदेशमा गएर दुःख पाउनबाट जोगीन सक्ने धारणा राखिन् ।
कार्यक्रममा बोल्दै मध्यबिन्दु नगरपासलिकाका प्रशाशकीय अधिकृत शिवराज सेढाईले थानेश्वर भुषालको लागि जस्तै अरु नेपालीलाई सहयोग गर्ने अवस्था भोलीको दिनमा नआओस भन्दै नगरपालिकालाई ठगीमुक्त नगरपालिकाको रुपमा बिकाश गर्न युवाहरुलाई सचेत बनाउनु पर्ने बताए ।
सामी परियोजनजाको जिल्ला संयोजक उमाकला शर्माले परियोजनाको समाप्ती भएपनि बैदेशिक रोजगारीको समस्या समाप्त नहुने भएकाले यस समस्याको समाधानमा नगरपालिका तथा गाउँपालिकाहरु लागि पर्नुपर्ने बताइन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष वल वहादुर थापाले कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष टिका काफ्लेले आर्थिक वर्ष २०७३/७४ को १ लाख ९७ हजार ६ सय ५५ रुपैया वरावरको आय ब्यय विवरण प्रस्तुत गरिन् । कार्यक्रम आप्रवासी कामदार हकहि संरक्षण मञ्च नवलपरासीका अध्यक्ष वल वहादुर थापा को अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा विगत ४ वर्षदेखी साउदी अरवको जेलमा रहेका थानेश्वर भुषाललाई छुटाउनका लागि सुरु गरिएको थानेश्वर भुषाल बचाउ अभियानमा सहयोग गर्ने ७० जना सहयोग दातालाई सम्मान समेत गरिएको थियो ।
यो पनि पढ्नुहोस् कामदारबाट लेभी काट्ने/नकाट्ने बारेमा यसो भन्छन् मलेसियामा कार्यरत नेपाली