कसले दिन पाउँछन् पुनः कोरिया जाने सिविटी परिक्षा ?

सोल, माघ १३—

इपिएसमार्फत दक्षिण कोरियामा तीन वर्ष काम गरी नेपाल फर्केका कामदारलाई पुनस् काम गर्न आउने कम्प्युटरमा आधारित परीक्षा (सीवीटी) यो वर्ष खुल्ने भएको छ ।

गत वर्ष स्थगित गरिएको सीवीटी (स्पेसीयल इपिएस टपिक) परीक्षा यो वर्ष २ पटक लिइने इपिएस सेन्टर नेपालले जनाएको छ । आगामी वर्षको लागि प्रतिबन्धित कामदारको लागि लिइने सीवीटी परीक्षाको फर्म अप्रिल महिनाको पहिलो साता र अगस्टको दोस्रो साता खुल्ने भएको छ । यस वर्षदेखि टोपिक लेभल, कार्यक्षमता र फर्किएको कामदारको समयावधिको आधारमा प्वाइन्ट पनि थपिने व्यवस्था गरिने छ ।

सन् २०१० जनवरी १ देखि नेपाल फर्केका कामदारले यो परीक्षामा सहभागिता जनाउन पाउने भएका छन् । ३९ वर्षभन्दा मुनिका कामदारले परीक्षा दिन पाउने छन् । कोरियामा गैरकानुनी नबसेको र नेपाल फर्किंदा इन्छन विमानस्थलमा एलियन कार्ड बुझाएको हुनुपर्ने र प्रहरी काण्ड नपरेको कामदारले सीवीटी परीक्षा दिन पाउने मानव संशोधन कोरियाले जनाएको छ । 

यो पनि पढ्नुहोस् ‘मेनपावर कम्पनी भन्दा एजेण्टलाई बढी चुनौती’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय