थानेश्वर भुषालको उद्धारमा २ लाख ४ हजार थपियो

नवलपरासी, पुष १६-

साउदी अरवमा परिवन्दले जेल परेका थानेश्वर भुषालको रिहाईका लागि आप्रवासी कामदार हकहित संरक्षण मञ्च, नवलपरासीले संकलन गरेको २ लाख ४ हजार १ सय ८७ रुपैंया हस्तान्तरण गरेको छ । भुषालको उद्धारका लागि मञ्चले सञ्चालन गरेको अभियानका क्रममा उठेको रकम थानेश्वरकी  आमा यामकला मार्फत प्रवासी नेपाली समन्वय समितिलाई पठाइएको हो । सो संस्थाले भुषालको उद्धारका लागि आवश्यक रकम संकलन गर्न अभियान चलाइरहेको छ । 

रकम हस्तान्तरण समारोहमा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीले बैदेशिक रोजगारी रहर भन्दा पनि बाध्यता रहेकाले बैदेशिक रोजगारीलाई ब्यबस्थीत बनाउन सबै लाग्नु पर्ने  बताए । उनले खाडी मुलुकमा नेपाली कामदारको अवस्था सन्तोषजनक नभएकाले उनीहरुको सीपमा नेपाल सरकारले धेरै काम गर्न वाँकी रहेको भन्दै सामी परियोजनाले नेपाल सरकारको काममा महत्वपुर्ण मद्धत गरेकोमा धन्यवाद दिए ।

कार्यक्रमा हिमालयन सामुदायिक बिकाश मञ्च (हिकोडेफ)का उपाध्यक्ष कमला ढाडाले नेपाली कामदारको समस्यामा हिकोडेफ आप्रवासी कामदार हकहित संरक्षण मञ्चसँग सदैव सहकार्य गर्न तयार रहेको बताइन् । कार्यक्रम हकहित संरक्षण मञ्चभका अध्यक्ष बलबाहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

भुषालको उद्धारका लागि सञ्चालित अभियानमा देशपरदेश डटकमले सुरु देखि नै हातेमालो गरिररहेको छ । उनको उद्धारका लागि आमा यामकला भुषालको अपिल सहितको भिडियो सामग्री समेत देशपरदेशले निर्माण गरेको छ ।  

यो पनि पढ्नुहोस् श्रमिकको न्यूनतम ज्याला १५ हजार बनाउनुपर्छः प्रधानमन्त्री

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: