नवलपरासीमा मनाइयो आप्रवासी कामदार दिवस

 

नवलपरासी, पुष ३-

नगरशिक्षा अधिकृत कृष्ण चन्द्र पोखरेलले बैदेशिक रोजगारीलाई सम्मानीत ब्यवस्थीत मर्यादीत बनाउन सारोकारवाला सबैले बैलैमा ध्यान दिन आवश्यक रहेको बताएका छन्

१७ अन्तरष्ट्रिय आप्रवासी कामदार दिवसको अवशरमा आप्रवाशी कामदार हकहित संरक्षण मञ्च, नवलपरासीले आयोजना गरेको छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै उनले देशको अर्थतन्त्र धानिरहेको बैदेशिक रोजगारीलाई उपेक्षित गर्न नहुने बताए उनले बैदेशिक रोजगारीमा गएर बिभिन्न समस्यामा परेका कामदार तिनको पारिवारको शिक्षा स्वास्थ्यमा सरकार गम्भीर भएर लाग्न आग्रह गर्दै सरकारले गर्नुपर्ने काम मञ्चले गरेको भन्दै धन्यवाद दिए

आप्रवासी कामदार हकहित संरक्षण मञ्च, नवलपरासीले आप्रवासी कामदार दिवसको अवशरमा बैदेशिक रोजगारीको क्रममा मृत्यु भएका, अंगभंग भएका, सम्पर्कविहिन अवस्थामा रहेका कामदारका १० जना छोराछोरीलाई छात्रवृत्ति वितरण गरेको हो सरकारको सहयोग प्राप्त नगरेका करार अवधि भन्दा पछि मृत्यु भएका, आर्थिक अवस्था कमजोर भएका कामदारका छोराछोरीलाई छात्रबृत्ति कार्यक्रममा सहभागी गराईएको थियो

छात्रबृत्ती बितरण कार्यक्रममा बोल्दै हिमालयन सामुदायिक बिकाश मञ्च (हिकोडेफ)का कार्यकारी निर्देशक सुरवीर स्थापितले बैदेशिक रोजगारले व्यक्तिगत आर्थिक सुधार मात्र नभएर कतै कतै गाउँ तथा समाज विकासको निम्ती टेवा दिएको भन्दै उनीहरुको बैदेशिक रोजगार सुरक्षित बनाउन सबैजनाले हातेमालो गर्नुपर्ने बिदेशबाट सिकेको सीपलाई नेपालमा ल्याएर प्रयोग गर्ने वातावरण मिलाउनु पर्ने बताए

बैदेशिक रोजगारीको क्रममा नेपालीहरु पासपोर्ट बनाउँदा देखि पाईलै पिच्छे ठगीमा पर्ने भएकाले उनीहरुको हकहितका लागि आप्रवाशी कामदार हकहित संरक्षण मञ्च लागि परेको बताउँदै मञ्चका सचिव बालकुमारी जिशीले मञ्चलाई आर्थिक रुपमा सम्पन्न वनाउन सबैले आफ्नो ठाउँवाट सहयोग गर्न अनुरोध गरिन् कार्यक्रम मञ्चका उपाध्यक्ष युवलाल तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो  

यो पनि पढ्नुहोस् १४ बर्षमा विहे, १५ बर्षमा विधुवाः पैसाकै कारण श्रीमानको मुख अन्तिम पटक हेर्न समेत वञ्चित

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: