
काठमाडौं, मंसिर २८-
कतारमा प्रवासी आप्रवासी कामदार दिवस (डिसेम्बर १८) को उपलक्षमा श्रमिकहरुको सहयोगार्थ प्रथम जिफन्ट धमाका २०१८ हुने भएको छ ।
नेपाली प्रबासी श्रमिक संघ कतारको आयोजनामा आगामी जनवरी ५ तारिखमा डल्ला ड्राईभिङको हलमा बिभिन्न ख्याती प्राप्त कलाकारहरुको बेजोड साँस्कृतीक प्रस्तुती रहने आयोजकले जानकारी दिएका छन् ।
सो कार्यक्रममा प्रख्यात लोकगायक तथा मोडल पुस्कल शर्मा प्रमुख आकर्षण रहने छन् भने नृत्यङ्गना चन्दा दाहाल, लोक तथा आधुनिक गायिका तारा श्रीष, लोक तथा दोहोरी गायिका बिष्णु श्रीपाली, ख्यातीप्राप्त लोकदोहोरी गायिका देविका केसीको प्रस्तुती रहने छ । यसका अलावा जनसंगित मञ्च कतारका कलाकारहरुको प्रस्तुतीसँगै कतारमा कार्यरत नेपाली कलाकारहरुको उत्कृष्ट प्रस्तुती रहने छ ।
उक्त कार्यक्रमलाई नेपाली प्रवासी मञ्च कतार, जनसंगित मञ्च कतार, गुल्मी सेवा समाज कतार, बसन्त फिल्मस कतार, अमरज्योती युवा समाज लगायतका संस्थाहरुले सहयोगी भूमिका निर्वाह गर्ने आयोजकले जनाएका छन् ।
यो पनि पढ्नुहोस् आम माफ़ी नखुल्ने, अबैधानिक रुपमा बसिरहेका १ लाखलाई पक्रने योजना