कुवेतमा एक नेपाली महिलाद्धारा झुण्डिएर आत्महत्या!

हरि कृष्ण न्यौपाने, कुवेत, मंसिर १७-

भोजपुरकी ३३ बर्षिया अनु तामाङको कुवेतको अर्दियास्थित आफुले काम गर्दै आएको कुवेती साहु (स्पोन्सोर) को घरमा मृत्यु भएको छ । उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उनले आत्महत्या गरेको प्रारम्भीक अनुमान गरिएको छ । 

नेपाली दुताबास कुवेतका प्रथम सचिव भोगेन्द्र लिंङ्देनले घटनाबारे प्रहरीले प्रारम्भिक जानकारी दिए पनि अन्य विवरण आउन बाँकी रहेको जनाएका छन। गत नोभेम्बर ३०,२०१७ बिहीवार आत्महत्या गरेको भनिएकी अनुको शवलाई कुवेत प्रहरीले अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाएको छ ।

यो पनि पढ्नुहोस् विदेशमा हराएको श्रीमानलाई पर्खिंदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय