१०५७ पुगे म्यानपावर कम्पनी, ३३ वटा कम्पनी जसले केवल १/१ जनालाई पठाए विदेश

 

काठमाडौं, मंसिर १३-

बैदेशिक रोजगारमा नेपाली कामदार पठाउने दर्तावाल म्यानपावर कम्पनीको संख्या १ हजार ५७ पुगेको छ । गत बर्षसम्म ७ सय ५३ दर्तावाल म्यानपावर कम्पनी रहेकोमा हाल त्यो संख्यामा तीन सय भन्दा बढीले बृद्धि भएको छ । तर पछिल्ला दुई बर्षमा बैदेशिक रोजगारमा जाने नेपालीकोे संख्या भनें घटेको छ ।

यसअघि लामो समयसम्म रोकिएको म्यानपावर दर्ता विभागमा विश्वराज पाण्डे महानिर्देशक भएको केहि समयपश्चात पुनः सुरु भएको थियो । उनले रकमको मोलतोल गरेर म्यानपावर कम्पनी दर्ता गर्ने गरेको आरोप लाग्दै आएको थियो । एक म्यानपावर कम्पनीको रोक्का कारोवार फुकुवा गरिदिने शर्तमा भ्रष्टाचार गरेको अभियोगमा गत कात्तिक २९ गते अख्तियारले पक्राउ गरेका पाण्डे हाल थुनामा छन् ।

महिनामा १/१ जना व्यक्ति विदेश पठाउँछन् म्यानपावर कम्पनीहरु 

बैदेशिक रोजगारमा नेपालीलाई पठाउने म्यानपावर कम्पनीहरुको संख्या थपिए पनि विदेश जाने नेपालीको संख्या भनें पछिल्ला दुई बर्षमा घटेको छ । गत कात्तिक महिनामा नेपालबाट संस्थागत(म्यानपावर कम्पनीले पठाउने) तर्फ २८ हजार ५ सय २२ जना नेपाली विभिन्न मुलुकमा रोजगारीका लागि गएका छन् । यसमध्ये ३३ वटा म्यानपावर कम्पनीहरुले केवल १/१ जना मात्र व्यक्ति वैदेशिक रोजगारमा पठाएका छन् । बैदेशिक रोजगार विभागका अनुसार गत असोजमा पनि २९ वटा म्यानपावर कम्पनीले केवल १/१ जनालाई बैदेशिक रोजगारीमा पठाएका थिए । 

यो पनि पढ्नुहोस् आर्थिक सहायताका लागि निवेदन दिन प्रवद्र्धन बोर्डको आग्रह

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय