जो ओमानमा नै चारपटक बेचिइन् 

काठमाडौं, पुष १५ 

भक्तपुरकी ३७ बर्षीय आस्था (नाम परिवर्तन) सिलाई कटाईबाट गुजारा चलाइरहेकी  थिइन् । एकदिन संगैकी सहकर्मीको कुरामा लागेर दिल्ली–श्रीलंका हुँदै ओमान पुगिन् । त्यही उनी चार पल्ट बेचिइन् । अनेक ठक्कर हण्डर खाँदै यातना भोग्दै चार महिनामा नेपाल फिर्ता त भइन् तर उनले न्याय कहिले पाउने ? आस्थाकै शब्दमा उनले भोगेका ह्दय विदारक कथाः   

भक्तपुर कमलविनायकमा सिलाईकटाईको काम गरेर गुजारा गरिरहेकी थिएँ । वर्षौंसँगै सिलाईकटाईकै काम गर्दै आएकी धरानकी दुर्गा राईले एक दिन दिन फ्रिभिसा, फ्रिटिकटमा कुबेत गए महिलालाई राम्रो व्यवस्था रहेको बताइन् । केहीवर्ष दुःख गरेपछि मनग्य कमाई हुने सपनामा कुबेत जाने निष्कर्षमा पुगेँ । घर परिवारले विदेश नजान बारम्बार सल्लाह दिँदापनि साथीको विश्वासमा परेर दुर्गासँगै कुबेत जाने तयारी गरें ।

सुरुमा दुवैजना सँगैजाने योजना बनाएपनि स्वास्थ्य परिक्षणको रिर्पोट नराम्रो आएको भन्दै दुर्गा गइन ।  म गत श्रावण १ गते वैदेशिक रोजगारका लागि कुबेतका लागि हिडें । सिधै कुबेत लाने भनेपनि जाने दिन दुर्गा, कमला उप्रेतीले झापाको काँकडभित्ता हुँदै दिल्लीबाट कुबेत उड्ने भनेर गौशला ९पशुपति० स्थित माइक्रोबस पार्क पुर्‍याए । रवि थापाले अगाडी नै माइक्रोबसको टिकट लिई सकेका रहेछन् । 

साँझ ५ बजे चढेको माइक्रोबस बिहान काँकडभित्ता पुग्यो । काँकडभित्ता बसपार्कमा शोभा राई लिन आइन् । सोहीदिन शोभा राईले सर्लाहीबाट आएका तीन महिलालाई पनि सँगै रिक्सामा राखेर रेल स्टेशनमा पुर्‍याईन् । 

तीनदिनको रेल यात्रापछि बल्ल नयाँदिल्ली ३ नम्बर गल्ली स्थित सिताराम होटल पुर्‍याइयो । दिल्ली पुगेपछि एकदिन होइन दुईदिन होइन । २० दिन राखियो । नेपाल फर्काइ दिन पटक पटक आग्रह गरें । तर, चार जनाको मात्र भिसा नलागेको र केही दिनमै भिसा लाग्ने आश्वासन दिएर दिल्लीबाट कोलोम्बो लाने कुरा गर्यो । दिल्लीबाट कोलोम्बो जाने क्रममा पुलिसले सोधे सेतो कागज देखाउनु पासपोर्ट लगायतका कागज पत्र नदेखाउनु भने । भाग्न खोज्दा पनि अघि पछि गरेर हिड्न दिँदैनथ्यो । 

दिल्ली बसाईपछि कोलोम्बो लगियो । पटक पटक नेपाल फर्काइदिन आग्रह गरेपछि कोलोम्बोबाट २० दिनपछि कुबेत नभई ओमान पुर्‍यायो । कोलोम्बोको बसाई अत्यन्तै कष्ठपूर्ण थियो । बाहिरको केही दृश्य नदेखिने गरी तन्ना खप्ट्याएर झ्याल छोपिएको थियो । बाहिरको उज्यालो देख्न समेत पाइएन । भित्र ट्यूवलाइटको उज्यालोमा खुट्टा खुट्टा, टाउको टाउको जाडेर सुत्ने गरी २५ महिलालाई एउटै कोठामा राखिएको थियो । साथी साथी केटी बेचिने प्रसङ्गमा गफिन्थ्यौं तर, आफैं बेचिंदैछु भन्ने भेउ कसैले पाएका थिएनन् ।  

साँघुरो कोठाको बसाई । बाहिरको हावा आउन नपाएपछि बिरामी हुनथाल्यौं । ज्वरो आउने, सास फेर्न गाह्रो हुने जस्ता लक्षणहरु देखा पर्न थाल्यो । कुबेत नजाने भनेर घर फिर्ता गराईदिन आग्रह गर्दा एकदिन भिसा लाग्छ धैर्य गर्नु भन्दै राखियो ।

कोलम्बो बसाईको २० औं दिनपछि कुबेत नभई ओमानको भिसा लागेको जानकारी आयो । कामको प्रकृति उही र तलबमा मात्र हेरफेर हुनसक्ने भनियो । तीनवटा प्लेन परिवर्तनपछि ओमानको राजधानी मस्कट पुगें । एयरपोर्टमा दुई जना लिन आइपुगेका थिए । तीन घण्टाको ट्याक्सी यात्रापछि मस्कट नजिकैको सोहार भन्ने सहर पुर्‍याइयो ।

ओमान त पुगियो तर, भाषा आउँदैनथ्यो । सर्लाहीकी सीता (नाम परिर्वतन) पनि सँगै गएकी थिइन् । नेपालीले नै खोलेको अफिस लान्छु भनेर लगे । हामीलाई किन्न लाइनै मान्छेहरु पर्खिरहेका रहेछन् । नेपालीले मान्छे बेच्ने कम्पनी खोलेर बसेको रहेछ । सोहार पुगेकै दिन म बेचिएँ । पैसा दिएको त देखिएन तर, बिक्री भइसकेको रहेछु । सुरुमा एकघरमा घरायसी कामका लागि बेचिएँ ।

दुईसाता पछि भाषा नजानेको, काम गर्न नसक्ने र गर्भवतीको शंका गर्दै निकालिएँ । रातदिनको घोटाईले बिरामी परें । एक्कासी पेट सुन्निन थाल्यो । घरको मालिक्नीले भने गर्भवती ठानिछे । पारिश्रमिक पनि दिएन । काम गरिरहेको घरबाट निकालिएपछि कम्पनीमा रहेकी रिता खातीले अर्को घरमा काम लगाईदिने बताइन् । अर्को घरमा काम गर्दिन मलाई नेपाल फिर्ता गरिदेउ भन्दा तँलाई परेको लगानी चुक्ता गरेर जानु भनेर धम्की दिन्थ्यो ।

एक सातापछि भने १५ सय ओमनी रियाल (चार लाख २० हजार रुपैयाँ) लिएर मलाई अर्को घरमा बेच्यो । पैसा नै लिएको थाहा पाएँ । एकपछि अर्को गर्दै ओमानमै चारपल्ट बेचिएँ । नेपालीको १५ सय रियाल, बङ्गालीको १२ सय रियाल र इथोयियनको एकहजार रियालको दरमा बिक्री हुँदो रहेछ । खसीबाख्रा बेचे सरह बेच्ने रहेछ । बढी पैसामा किनेको मान्छेलाई बढी काम लगाउने रहेछ ।

बालबच्चाको दिसापिसाब सोहोर्ने, बुढाबुढी स्याहार्ने, ट्वाईलेट सफा गर्ने, जुठा भाँडा माझ्ने, कपडामा आइरन लगाउने, कपडा धुने, घर सफा गर्ने सबै काम गर्थें । सास फेर्ने फूर्सद पनि मिल्दैनथ्यो । तैपनि काम भएन भन्दै निकालिन्थें । 

कामबाट निकालिएपछि कम्पनीमा आएँ । कम्पनीको मान्छेले गालीगलौज गर्ने कुटपिट गर्ने गर्न थाल्थ्यो । आफूसँग पैसा नभएपछि खाना खानपनि पाइदैनथ्यो, एक कप चियाकै सय रुपैयाँ लिन्थ्यो । १, २ रियाल गरी बल्लतल्ल जम्मा पारेको ५० रियाल पनि सकेपछि कयौं दिन भोकै बसें । अफिस (कम्पनी) मा बस्दा ट्वाइलेटको पानी खाएर बस्थें । छोक्रा छोक्रा आउँथ्यो । खाना खायो भने तँलाई खाना खुवाउन ल्याएको हो भन्दै पिट्थ्यो । चिया, रोटी खाए पनि खोसेर फालि दिन्थ्यो । इथोपीयनहरु लगाएर धकेल्ने, कुट्ने, छाती, छातीमा हान्ने गर्थ्यो । लठ्ठी लठ्ठीले हानेर रगत छाद्ने गरी कुट्थ्यो । मेरो नागरिकतासमेत उनीहरुले नै राखेका छन् । 

विभिन्न यातना दिने, रगत छाद्ने गरी कुट्न थालेपछि नेपाल फिर्ता गरिदिन हारगुहार गर्थें । तर, फर्काउनुको सट्टा किनेको मूल्य तीन लाख तिर अनि मात्र नेपाल फकाईदिन्छु भन्ने धम्की आउन थाल्यो । 

गाली गलौज, कुटाई खप्न नसकेर र्फिता गर्न अनुरोध गरिरहँदा ओमानकै एक मन्त्रीको घरमा बेचिएछु । मंसिरको अन्त्यतिर नेपालमा रहेको भाई विश्वास (नाम परिर्वतन) लाई ओमानमा बेचिएको र आफूलाई नेपाल फर्काउन भन्दै फोन गरे । आफन्तलाई विदेश जाने योजना सुनाउँदा नजानु भन्ने प्रतिक्रिया आएपछि आफूखुशी कसैलाई खबर नगरी ओमान पुगेपनि उद्धारको घरमा भन्ने पर्ने भयो । भाईले प्रयास गरेपछि गत मंसीर ७ मा नेपाल आइपुगे । आफ्नो सपनाबाट बिचल्लित भएँ । चारमहिनाको कठीन अवस्थाबाट गुज्रिएपनि फ्रिभिसा, फ्रिटिकटको बेचिएँ ।

स्वदेश फर्केपछि भाई विश्वासले वैदेशिक रोजगार विभाग, अपराध अनुसन्धान महाशाखामा मलाई ओमन पुर्याउनेहरु बिरुद्ध उजुरी गरेका छन् । तर, उजुरी फिर्ता गराउन दबाब आइरहेको छ । एजेन्टले प्रहरीलाई किन जानकारी गराएको भनेर फोन गरी थर्काएको छ । अपराध अनुसन्धान महाशाखा प्रमुख सर्वेन्द्र खनाल र सीआईबी प्रमुख नवराज सिलवालले यस घटनामा सहयोग गर्ने प्रतिबद्धता दिएका छन् । तर, उनीहरु पक्राउ हुन सकेको छैन । 

कान्तिपुरबाट 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/Kz4Pw7sLiws” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: