
पथरी (मोरङ)- “मलेसिया गएको २५ वर्षको कान्छो छोरो अशोकलाई एक वर्ष नपुग्दै फिर्ता बोलाएँ । जेठो छोरो टेकनाथ कतारमा छ । उसलाई पनि बोलाएँ । स्वदेशमा खसी–बाख्रा पाल्दा नै राम्रो कमाइ भएपछि किन विदेशमा गइरहनु ?”
यो भनाइ हो – युवा स्वरोजगार कोषबाट कर्जा लिई मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन गरिरहनुभएका फणीन्द्रप्रसाद सुवेदीको । सुवेदी परिवारको खुसी शब्दमा व्यक्त गर्न गाह्रो छ । दुई बुढाबुढी, कान्छो छोरो अनि एकजना सहयोगीका साथ बाख्रापालन गरिरहेका सुवेदीको पहिलो भनाइ छ–“पैसा कमाउन खाडी गइरहनु नपर्ने रहेछ । उनले विसं २०७० को असारमा सुरु गरेका हुन् । बाख्रापालन व्यवसायले काम र दाम मात्र होइन सामाजिक सम्मान पनि दिइसकेको उनको भनाइ छ ।
अहिले सुवेदीको गोठमा १०० भन्दा बढी बाख्रापाठा छन् । स्थानीय जातका बाख्रामा उन्नत जातको बोको लगाएर उत्पादन गरिएका बोका–पाठीको माग धान्न उनलाई हम्मे–हम्मे छ ।
जन्मिने बित्तिकै ‘बुक’हुन्छ –फणीन्द्रकी पत्नी सावित्राले हौसिँदै भनिन् । दुई बिगाहा जग्गामा धान खेती गर्दा पनि घरको गर्जो टार्न नसकेर छोरालाई वैदेशिक रोजगारमा पठाएका फणीन्द्रले बाख्रापालनमा पैसा देखेपछि जेठो छोरा टेकनाथलाई पनि घर बोलाएको बताए । आफ्नै घरमा व्यवसाय गर्न छोरालाई बोलाएको सावित्राको भनाइ छ ।
उनीहरुले अहिले धान रोप्न छोडेर एक बिगाहामा उन्नत जातको बाख्राको घाँस लगाएका छन् । तीन वर्षको अवधिमा बाख्रापालनमा उनको १० लाख लगानी भइसकेको छ । तर, लगानी भएसँगै बोकापाठी बेचेर उनले झन्डै वार्षिक १५ लाख आम्दानी लिइसकेका छन । रासस
फरक प्रसँगको भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/tM0uQinIies” frameborder=”0″ allowfullscreen></iframe>{/source}