काठमाडौं, मंसीर २५
बितरण गर्न तयारी अवस्थामा रहेका पासपोर्टहरू एउटी साउदी महिलाले नेपाली दूतावासको टेबुलबाट बोकेर हिँडिदिइन् । हातमा कतिवटा पासपोर्ट थियो, खुलेन । अलि अघिसम्म ती महिला आफ्नो हाउसमेडलाई आफूसँग फिर्ता पठाइदिन दूतावासका कर्मचारीसँग झगडा गर्दै थिइन् । नपठाउने टुंगो लागेपछि आबेगमा उनले पासपोर्टको चाङमा हात हालिन् । हातमा जति अटायो, त्यति बोकेर टाप कसिन् । तिनलाई रोक्न, छेक्न कोही अगाडि तम्सिएन । आफ्नो हाउसमेडलाई फिर्ता लैजान उनी केही दिनदेखि दूतावास धाइरहेकी थिइन् ।
हाउसमेड लिया भने सेल्टरमा ६ महिने छोरालाई दूध पिलाइरहेकी थिइन् । ‘त्यस्तीकी घरमा मरी गए पनि जान्नँ,’ छोरोलाई काखमा सम्हाल्दै भनिन्, ‘बल्ल मैले शान्तिको सास फेर्न पाएको छु । छुटिइसकेको श्रीमान्को फेरि माया पाएको छु । छोरालाई आँत शीतल हुने गरी दूध पिलाउन पाएको छु ।’
दूतावासको एउटा कुनामा अलपत्र महिलालाई सुरक्षित राख्न जस्ताले घेरेर बनाइएको सेल्टर छ । तीन वर्षदेखि लिया त्यही सेल्टरमा आफ्नो छोरो हुर्काउँदै छिन् । ‘नर्कबाट स्वर्गमा आइपुगेकी छु,’ उनले सुनाइन्, ‘फेरि त्यही नर्कमा कसरी फर्कन सक्छु रु’
श्रीमान्सँग मन नमिलेपछि माइतीमा बस्दै आएकी लिया दुई वर्षअघि साउदी पुगेकी थिइन् । दुबई जान उनले ६० हजार रुपैयाँ खर्च गरिन् । गाउँको दलालले सुरुदेखि नेपालबाट पठाउने सम्भब नभएको भन्दै दिल्ली पुर्याए । १५ दिनसम्म भारतीय युवासँग घरजम गरिबसेकी नेपाली महिलाको घरमा राखे । दिल्लीबाट उनी नेपाल फर्कन चाहिन् । दलालको पञ्जामा परिसकेकी लियाको के चल्थ्यो र रु अन्ततस् लिया नेपाल होइन कि साउदीको दोस्रो सहर दमाम उडिन् ।
दमामका मालिकको परिवार खास ठूलो थिएन । मालिक्नीले पहिला आफ्नो घरमा काममा लगाउँथिन् । सबै सकिएपछि दिदी, बहिनीको घर डुलाउँथिन् । उनी तीनवटै घरको एउटै हाउसमेड बनिन् । मालिक्नीको भाइले आँखा लगाउँथ्यो । घरी मोबाइल किनिदिने लोभ देखाउँथ्यो, घरी पैसा चाहिन्छ भन्दै सोध्न आउँथ्यो । लिया भने ध्यान दिन्नथिन् ।
तीनवटा घरमा दौडिँदा आराम गर्ने समय थिएन । खाने टुंगो थिएन । गाँस हाल्न लाग्दा पनि काम गर्न पठाउँथे । मालिक्नीको चर्को स्वर हुन्थ्यो, ‘यहाँ खाना खुवाउन लिएर आएको होइन । काम गर्न किनेर ल्याएको हो ।’ एक्लो मौकाको खोजीमा भाइ कुरिरहन्थ्यो । एजेन्टलाई फकाईदिन अनुरोध गर्दा हप्की आउँथ्यो, ‘तिमी त्यहाँ घुम्न गएको हो कि पैसा कमाउन रु जे गरे पनि कसले देख्छ र १ पैसा कमाए भइहाल्यो नि रु’
अरबीको चर्को खटनले लिया सुक्दै गइन् । ५ सय रियाल ९करिब १५ हजार रुपैयाँ० कमाउन यति ठूलो सास्ती खेप्नुपर्ला भन्ने सोचेकी पनि थिइनन् । घर फर्कने कोसिस गरे पनि सफल हुन सकिनन् । २४ वर्षको कलकलाउँदो जवानीलाई त्याग गर्ने सोच पनि बनाइन् । संयोगले बिछोडिएका श्रीमान्ले फोन गरे । ‘सुरुमा निकै गाली गर्नुभयो । दुस्खसुख सोध्नुभयो,’ उनले सुनाइन्, ‘पछि नम्र भएर कुरा गर्न थाल्नुभयो । जीवन जिउने रहर फेरि जाग्यो ।’
पहिलो घरमा काम नगर्ने बताएपछि अफिसले अर्को घरमा पठाइदियो । घरमा एक अपांग वृद्धा मात्रै थिइन् । दिउँसो उनलाई स्याहार्नुपथ्र्यो । राति छोरीको घरमा लैजान्थ्यो । लियाको श्रीमान् भेट गर्न आए । उनीहरूको पुनर्मिलन भयो । वृद्धाकी छोरीले लियालाई चरम मानसिक यातना दिन्थी । यतिसम्म कि, पकाउनुअघि र पाकिसकेको मासुको टुक्रासमेत गन्थी ।
‘गल्लीको कुकुरलाई जसरी व्यवहार गर्थी,’ उनले भनिन्, ‘थोरै भात दिन्थे । त्यसमा झोल र हड्डी मात्रै भाग लगाउँथी । बढी खाना खाने भए चामल र रोटी ल्याउन बूढालाई भन् भन्थी ।’
श्रीमान्सँग भेटघाट हुन थालेपछि लिया गर्भवती हुन पुगिन् । मालिक्नीले गर्भ तुहाउन औषधि खान दिई । तर उनले पहिलो बच्चा भएकाले त्यसो नगर्न अनुरोध गरिन् । ‘बच्चा भएपछि म लिएर जान्छु,’ लियाको श्रीमान् पनि अनुरोध गर्न पुगे, ‘लिया बरु यहीं काम गर्छे ।’ मालिक्नी राजी भइन्, ‘हामीलाई काम चाहिएको छ । यो त्यो बहाना चल्दैन ।’
गल्ती आफूहरूको सम्झेर लियाले औंला उठाउने ठाउँ नछोड्ने प्रयत्न गरिन् । उखरमाउलो गर्मीमा बूढी मालिक्नीलाई ह्वीलचियरमा धेकेल्दै बाटोमा लिएर हिँडिन् । ‘तिमी ड्राइभर हो,’ ती मालिक्नी भन्थिन्, ‘ट्याक्सी चढ्ने पैसा छैन । जति भए पनि हिँड्नुपर्छ ।’ दुई जीउकी लिया सकी–नसकी हिँड्थिन् । ‘एक दिन त हिँड्दाहिँड्दै बाटोमै ढलेछु,’ उनले सुनाइन् ।
पेटमा बच्चा बढ्दै गयो, त्यति कामको प्रेसर बढाउन थालियो । पेट भर्ने गरी खाना कहिल्यै दिएनन् । लियाको स्वास्थ्य नाजुक बन्यो । लियालाई पठाइदिन श्रीमान्ले अनुरोध गरे । ‘३० हजार रियाल चाहिन्छ,’ मालिक्नीले अडान राखिन् । १५ हजार रियालसम्म तिर्न तयार हुँदा पनि मालिक्नी तयार भइन । व्यथा लाग्यो । दुई दिनसम्म अस्पताल लगेनन् । ‘मेरो श्रीमती र बच्चालाई तलमाथि भएमा तिमीहरूविरुद्ध प्रहरीमा मुद्दा हालिदिन्छु,’ श्रीमान्ले धम्की दिए । बल्ल अस्पताल पुर्याए । छोरा जन्मिए ।
बेलुका सात बजे बच्चा जन्मियो । तर, भोलिपल्ट आठ बजेदेखि कामको तालिका आइपुग्यो । ‘एक दिनको बच्चालाई अगाडि बोकेर लुगा धुने, पुछ्ने गर्नुपर्यो,’ उनले भनिन्, ‘रगत बगिरह्यो । दिनमा ७र८ वटा पेनाडोल खाँदा पनि भएन ।’ उनी आफ्नो दुस्ख सुनाउँदै गइन्, ‘भर्खरको बच्चालाई दूध पिलाउन दिँदैन्थ्यो । बच्चा दूध खान नपाएर रुन्थ्यो । आफू खाना नपाएर रुन्थें । बल्ल–बल्ल दूध पिलाउन जाँदा दूध आउँदैन्थ्यो ।’
पाँच दिनको बच्चा श्रीमान्लाई जिम्मा दिएर लियालाई दमाम लगियो । ड्राइभरको काम गर्ने श्रीमान्ले छोरो बोकेर क्याम्पतिर गए । क्याम्पमा हेर्नेहरूको ताँती । ३ दिनसम्म डिउटीमा नगएपछि कम्पनीले उनको लाइन्सेस खोसिदिएर क्याम्प र जागिरबाट निकालिदियो । त्यसपछि उनले छोरोलाई लियाकोमै पुर्यायदिए । त्यहाँ फेरि लफडा १ ‘तेरो छोरोलाई पठाइदे,’ लियालाई मालिक्नीले झापड लगाइन्, ‘फेरि यो घरमा ल्याइदिए बच्चालाई कचरा ९फोहोर फाल्ने ठाउँ० मा फालिदिन्छु । त अझै दुई वर्ष काम गर्नुपर्छ ।’
एक दिउँसो वृद्धा घरमा नभएको मौकामा श्रीमान्ले लिया र छोरालाई भगाएर दूतावासमा ल्याएर छाडिदिए । ‘दूतावासमा आएपछि स्वर्गमा आएजस्तो लागेको छ । यहाँ श्रीमान्लाई भने भेट्न पाउँदिनन्,’ भनिन्, ‘फोनमा मात्रै कुराकानी हुन्छ ।’
दूतावासमा पुगेकी लियालाई मालिक्नीले फर्काउन नसकेपछि प्रहरीमा गएर २५ हजार रियाल चोरीको मुद्दा हालिदिइन् । प्रहरीले दर्ता गरेको मुद्दालाई तल्लो अदालतले धेरै समय हेरिदिएन । माथिल्लो अदालतमा रिफर गरिदियो । माथिल्लो अदालतमा लामै समय पेन्डिङ रह्यो । उसले फेरि तल्लो अदालतको जिम्मेवारी भन्दै सारिदियो । तल्लोले पुनस् जिम्मेवारी लिएन । उसले फेरि माथिल्लो अदालतमै पठाइदियो ।
बल्ल माथिल्लो अदातलले लियालाई सफाइ दियो । आरोप पुष्टि भएन । यसबीचमा लियाको छोरो दूतावासकै खर्चमा त्यहाँको सेल्टरमा हुर्कियो । पीडित भएर दूतावासको सेल्टरमा आइपुगेका हाउसमेडलाई रमाइलो माहोल यही बच्चाले बनाइदिन्छ,’ उनी भन्दै थिइन् । लिया दूतावास आएको झन्डै तीन वर्ष भइसक्यो ।
‘अदालतको फैसलालाई गभर्नरको कार्यालयबाट प्रमाणीकरण भएपछि लियाको एक्जिट पत्र निस्कन्छ,’ कार्यबाहक राजदूत आनन्दप्रसाद शर्माले खुसी व्यक्त गरे, ‘अब केही दिनमा लिया घर जान पाउनेछिन् ।’
कान्तिपुरबाट