कुमार अविरल पन्थी कतार
पौरखी ग्रुप(होम सेन्टर) कतारले पवित्र समाज सेवा नेपाललाई खाद्यान्न उपलब्ध गराएको छ । पौरखी ग्रुप(होम सेन्टर) कतारका अध्यक्ष तथा दाङ देउखुरी सेवा समाजका केन्द्रिय सल्लाहकार रहेका राजन चापागाईको बिशेष पहलमा उक्त खाद्यान्न उपलब्ध गराइएको हो ।
रोजगारीको शिलशिलामा खाडी मुलुक कतारलाई कर्मभुमि बनाउदै आएका चापागाईले कतारबाट घर बिदामा जन्मभुमी फर्किने क्रममा काठमाडौ धापासी १० मा रहेको पवित्र समाज सेवा नेपाललाई सो सहयोग गरेका हुन् । करिब ४५ जना अनाथ बालबालिका तथा वृद्धहरुलाई गाँस बास र कपासको सेवा दिंदै आएकी दिक्षा चापागाईलाई ३७ हजार रुपैयाँ बराबरको दाल, चामल लगायतका खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरे ।
पौरखी ग्रुप कतारमा कार्यरत नेपालीहरुले उक्त सहयोग जुटाएका थिए । सोहि अवसरमा नव लोक गायक दुर्गा बि.सि.ले पनि पवित्र समाज सेवा नेपाललाई आर्थिक सहयोग गरेका थिए । काठमाडौँको धापासी १० मा रहेको पवित्र समाज नेपालले दुःख पिडामा छटपटीएका, अनाथ बालबालिका तथा बृद्ध वृद्धाहरुलाई आश्रय दिदै आइरहेको छ । पौरखी ग्रुप कतारमा कार्यरत नेपालीलाई सहयोगको लागि धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा राखेको पवित्र समाज मार्फत सेवा गरिरहेकी दिक्षा चापागाईंले बताइन् ।