साउदीमा गुम्यो एउटा खुट्टा ८ लाख सहित स्वदेश फिर्ता  

राम प्रमेश मण्डल, जनकपुर

धनुषाका एक युवा साउदी अरवमा दुर्घटनामा परेर एउटा खुटटा गुमाई स्वदेश फर्किएका छन् । ८ बर्ष अगाडी रोजगारीका क्रममा साउदी अरब पुगेका धनुषा दुवरकोट हथलेटवा वार्ड नम्वर ९ मंगराहाका ३४ बर्षिय मिठुवा कुमार ठाकुर अंगभंग भई स्वदेश आइपुगेका हुन् । 

स्थानिय एजेन्टलाई कार्पेन्टरको काममा भन्दै १ लाख १० हजार बुझाएर साउदी गएका ठाकुरले त्यहाँ लेवरको काम पाएका थिए । न्यून तलव हुने सो काम गर्र्न बाध्य भएको उनले बताएका छन् । स्थानिय साहुमहाजनबाट सयकडा रु ४ का दरले लिएको ऋण र परिवारलाई सम्झदै मासिक ६ सय रियालमा निरन्तर ७ बर्षसम्म आफूले काम गरेको उनको भनाई छ । 

कामको दौरान एकजना पाकिस्तानी नागरिकले डोजर चलाउन सिकाइदिएपछि उनले सन् २०१३ देखि सो काम सुरु गरेको बताए । त्यसपछि मासिक ११ सय रियालमा काम गरिरहेका ठाकुर कामकै दौरान २०१४ को जुन ४ तारिखका दिन दुर्घटनामा परेका थिए । सो दुर्घटनामा परेर उनको देव्रे खुट्टा पुर्ण रुपमा काम नलाग्ने भएको थियो । 

कम्पनीले उनको उपचार गराएपनि उनी १० महिनासम्म अस्पताल बस्नु परेको थियो । उपचार सकिएपछि उनी विमा तथा कम्पनीबाट पाउनु पर्ने बोनस बापतको रकम गरी ३० हजार ६ सय ४८ रियाल(झण्डै ८ लाख २७ हजार) लिएर नेपाल फर्केका हुन् । 

बैदेशिक रोजगारीमा जाँदा आफूले कुनै जानकारी नलिइ केवल एजेण्टको भरमा जाँदा दुःख पाएको भन्दै अव वैदेशिक रोजगारीमा जानेहरुलाई उनले बुझेर मात्रै जान र एजेण्टको मात्र भर नपर्न आग्रह गरेका छन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय