माघ तेश्रो सातादेखि कोरिया
काठमाडौँ: रोजगारी अनुमति प्रणाली (इपिएस) कोरिया छैटौँ भाषा परीक्षामा उत्तीर्ण भएका आठ हजार ४९० जनाको व्यक्तिगत विवरणसहितको सूची दक्षिण कोरिया पठाउने क्रम आज सकिएको छ । 
 
इपिएस कोरिया शाखा नेपालका निर्देशक डिल्लीराम बाँस्तोलाका अनुसार भाषा परीक्षामा उत्तीर्ण भई स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदन सकारात्मक भएका उम्मेदवारको प्राथमिक सूची कोरिया पठाउने कार्य आज सकिएको हो । 
 
सूचीमा रहेका आवेदकमध्ये मानव संसाधन विभाग कोरियाले जाँचबुझ गरी दुई हप्ताभित्र स्वीकृत भएकाको विवरण नेपाललाई पठाउनेछ । सूचीमा रहेकाको रोस्टर तयार पारी नेपालले कोरिया पठाएपछि रोजगारदाताले सोही सूचीबाट आफूलाई उपयुक्त लागेको व्यक्ति छनोट गर्नेछ । 
 
रोजगारदाताले व्यक्ति छनोट गरी श्रम सम्झौतामा दस्तखत गरी नेपाल पठाएपछि यहाँ रहेको आवेदकले पनि सो सम्झौतामा हस्ताक्षर गरेपछि प्रवेशाज्ञा लगायतको प्रक्रिया पूरा गरी रोजगारीका लागि कोरिया जान पाउने व्यवस्था छ । 
 
यस वर्षको भाषा परीक्षामा उत्तीर्ण भएकाहरुले सूचीअनुसार माघको तेस्रो हप्ताबाट कोरिया जान पाउने बाँस्तोलाले जानकारी दिए । “भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये दुई वर्षभित्र जस–जसको माग आउँछ, उनीहरु जान पाउँछन्, माग नआएकाहरु अवधि सकिएपछि कोरिया जान पाउँदैनन्” उनले भने  । 
 
सन् २००८ बाट इपिएसमार्फत कोरियामा नेपाली कामदार पठाउन सुरु गरिएकामा हालसम्म ३५ हजारभन्दा बढी कामदार सो प्रणालीमार्फत गइसकेका छन् । यो प्रणालीमार्फत जाने कामदारले चार वर्ष १० महिना काम गर्न पाउँछन् । यस वर्ष भाषा परीक्षामा उत्तीर्ण गरेकामध्ये ६० प्रतिशतभन्दा बढीले गत मङ्सिर ९ देखि १४ सम्म भएको सीप परीक्षणमा उत्कृष्ट अङ्क प्राप्त गरेका छन् । 
 
कोरियाले इपिएस प्रणालीबाट १६ देशबाट कामदार लगिरहेकामा ती देशमध्ये सीप परीक्षणमा सबैभन्दा बढी प्रतिशत उत्कृष्ट अङ्क ल्याउने नेपालका कामदार बनेका छन् ।
रासस 
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय