साउदीमा कामदारलाई निःशुल्क मोवाइल सिमकार्ड र फोन गर्ने सुविधा !

काठमाडौं, पुष ९ 

साउदी अरवको श्रम मन्त्रालयले आफ्नो देशमा आउने सम्पूर्ण नयाँ कामदारहरुलाई केहि रकम सहितको सिमकार्ड निःशुल्क रुपमा उपलव्ध गराउने योजना बनाएको छ । यसरी उपलव्ध गराइने सिमकार्डको मद्धतले ति नयाँ कामदारले साउदी अरव उत्रिएपछि आफ्नो परिवारलाई तथा आवश्यक परेमा साउदी स्थीत आफ्नो दुतावासमा सम्पर्क गर्न सक्ने मन्त्रालयको भनाई छ । 

अल अरव अनलाइनका अनुसार साउदीमा कार्यरत कामदारहरुले मन्त्रालयको यो योजनाको स्वागत गरेका छन् । उनीहरुले साउदीमा उत्रिएपछि सहयोग कसरी खोज्ने भन्ने अन्यौलमा रहेका कामदारलाई सरकारको यो योजनाले मद्धत मिल्ने भन्दै खुशी व्यक्त गरेका छन् । मन्त्रालयका एक अधिकारीलाई उधृत गर्दै अल अरवले यो योजना क्रमशः सवै अन्तराष्ट्रिय विमानस्थलहरुमा लागु हुने उल्लेख गरेको छ । 

सरकारले उपलव्ध गराउने तयारी गरेको सो सिमकार्डमा निश्चित थोरै समय फोन गर्न वा सन्देश पठाउने रकमको समेत सुविधा हुनेछ । मन्त्रालयका सरकारी अधिकारीले यसले साउदीमा उत्रिने कामदारको अधिकारको रक्षा गर्ने बताएका छन् । 

साउदी अरवमा आप्रवासी कामदारलाई दास सरह व्यवहार गरिएको र अप्ठ्यारो पर्दा घर फर्किन समेत नदिइएको भन्दै आलोचना हुने गरेको छ । सोही आलोचनालाई मध्यनजर गर्दै सरकारले यो योजना अगाडी सारेको श्रमिकको क्षेत्रमा कार्यरतहरुको धारणा छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय