मलेसियाका लागि नेपाली राजदुत विरुद्ध सर्वोच्चमा रिट 

काठमाडौं, असोज ७- पत्रकारको राहदानी(पोसपोर्ट) जफत गरी स्वतन्त्रतापूर्वक हिंड्डुल गर्न पाउने संवैधानिक अधिकार हनन् गरेको भन्दै कारवाहीको माग सहित मलेसियाका लागि नेपाली राजदुत निरञ्जनमानसिंह बस्नेत विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । 

बैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका पत्रकार गणेश आचार्यको पासपोर्ट जफत गरी राखेको भन्दै राजदुत बस्नेत विरुद्ध अधिवक्ता केदार दाहालले सर्वोच्चमा रिट हालेका हुन् । 

रिटमा नेपालको संविधानले दिएको हिंड्डुल गर्न पाउने स्वतन्त्रतालाई राजदुत बस्नेतले उल्लंघन गरेको हुँदा विभागिय कारवाहीको माग समेत गरिएको छ । आचार्यले छोरी विरामी भएर नेपाल फर्किन कम्पनीमा पासपोर्ट फिर्ता माग्दा कम्पनीले पासपोर्ट दुतावासले लगेको जानकारी दिएको र दुतावासमा माग्दा जथाभावी समाचार लेखेको भन्दै लिखित माफि माग्न निर्देशन दिइएको जनाइएको छ । 

नेपाल फर्किन हवाई टिकट समेत काटिसकेको अवस्थामा दुतावासले पासपोर्ट जफत गरेर राखेका कारण टिकटको म्याद सकिएका कारण पासपोर्ट फिर्ता गराई अर्को टिकट उपलव्ध गराउन वा टिकट वापतको रकम दिलाईदिन समेत रिटमा माग गरिएको छ । शुक्रवार तथा शनिवार विदा परेका कारण रिटको पेशी सोमवारका लागि तोकिएको छ । 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय