मेरो देश त्यस्तो नहोस् 

अर्जुन बराल, दक्षिण कोरिया- भारत पाकिस्तान बिभाजनका साक्षि साहबजादा याकुब खानले सन् २०१२ मा बिबिसिलाई अन्र्तवार्ता दिंदै भनेका थिए “बृहत भारतबर्षमा मुसलमानहरु उपेक्षित हुनेछन्् । उनीहरुको संरक्षणका लागि छुट्टै राज्य चाहिन्छ । जुन बिभाजन प्रशासकिय प्रक्रिया पछि दुबै राज्य शान्तिपूर्ण रुपमा आआफनो उन्नती गर्नेछन् भन्ने आँकलनका आधारमा गरिएको थियो । तर विडम्बना बिभाजन पछि जसरी साम्प्रदायिक दंगा, हिंसा—प्रतिहिंसाका घटनाहरु भएका छन् त्यसको कल्पना पनि गएिको थिएन र बर्तमान अवस्थाको पाकिस्तानको परिकल्पना हिजो यो आधारमा गरिएको कदापी होईन ।”

हुन त यहाँ धेरैले बिभिन्न तवरबाट वर्तमान नेपालको राजनीतिक अवस्थालाई ब्याख्या गरेका छन् ती भनिरह्न नपर्ला । सुरुङ युद्धको धम्कीदिएका हिजोका देशका रक्षक भनाउँदाहरु आजको अवस्थामा त्यही सुरुङलार्ई सत्तामा चढ्ने दरिलो सिढी बनाएर बिप्पा सम्झौता गर्न पुगेको नेपालीलाई थाहा नै छ । 

संबिधान राष्ट्र र जनताका लागि हो । नेपालको परिबेशमा माक्र्सबाद, लेलिनबादका कट्टर अनुयायी आफुलाई मान्नेहरुले बर्ग संघर्षको आन्दोलनलाई जोड दिदै माक्र्स, एंगेल्सले प्रतिपादिन गरेर देखाएको बर्ग संघर्षको आधारमा राष्ट्रको नयाँ रुपान्तर होईन तिनीहरु हिटलरले देखाएको जातीय संघर्षका आधारमा जनतालाई लडाईमा उभ्याएका छन् । चाहे एक दशक लामो जनयुद्धका उपलब्धी भनेनी भनौ या महान जनआन्दोलनबाट परिवर्तित नयाँ आयामहरुको फाईदा नेपाली जनताले लिनसकेका छैनन् ।

हामी नेपालीले कस्तो संबिधान निर्माण गर्ने भन्ने कुरा हाम्रै आन्तरिक कुरा हो । जसका लागि समानता, स्वतन्त्रता, न्याय र समन्वयको सिद्धान्तमा आधारित हुनुपर्दछ । यसका लागि बाबुराम भट्टराई, केपि ओली, प्रचण्ड, सुशील लगायत गच्छदार, यादव, महतो, ठाकुरका ब्यक्तिगत निर्णय हाबी हुन हुँदैन । मानवअधिकारको बिश्वब्यापी मान्यता लगायत सुशासनका अवधारणा सँगै अन्तराष्ट्रिय कानुन सम्मत सर्वमान्य हुने र देशको सुरक्षा र राष्ट्रिय हितलार्ई संविधानले बिशेषरुपमा सम्बोधन के गरेको होला भन्ने आभास खोई जनतालाई ?

सिक्किमका राजा चोग्यालको निरकुंश शासनको अन्त्य गर्न भुमिका खेलेका काजी लेण्डुब दोर्जेले सिक्किमेली जनताको भावना मार्फत आफनो दललाई ठूलो बनाएर हिमाली अधिराज्य सिक्किमलाई १९ अप्रिल १९७५ मा भारतको २२ औ प्रान्तमा गाभेको घटनाको ईतिहास पनि हाम्रा लागि नौलो होईन जुन घटना नेपालको वर्तमान परिबेशमा कतै नमिल्ला भन्न सकिन्न । नेपालमा भारतीयको खेल कस्तो छ भनेर जान्न टाढा जान पदैन । भारतीय परराष्ट्र मन्त्रालयको तथ्याङ्कअनुसार सन् १९८० मा नेपालमा ३८ लाख भारतीय थिए जसमध्ये २३ लाखले नेपाली नागरिकता पाए । तर नेपालको नागरिकता ऐन २०६३ ले जन्मका आधारमा नागरिकता दिने ब्यबस्था गर्याे जसका कारण लाखौ भारतीय नेपाली नागरिक बन्न पुगे जसको पराकाष्ठा भारतका गृहमन्त्री राजनाथ सिंहको अभिब्यक्ति आयो । पहिचानबाद, जातीबाद, क्षेत्रियताबाद, पृथकताबाद एवंम सम्पदायिकतावाद आजको नेपालका मुल समस्या पनि हुन । प्रष्ट पनि छ ईन्टरडिसिप्लिनरी एनालिष्टम नामक संस्थाले गरेको अध्ययनले पनि नेपालको राजनीतिक अवस्था अत्यन्त गलत दिशातिर गएको देखाएको छ । यस्तो अवस्थामा हामीले समृद्ध देशका स्वाभीमानी नागरिक नेपाली हौ भनेर बिश्वलाई देखाउन जरुरी हुन्छ ।

संबैधानिक राजनीतिक संबाद समितिको बैठकमा स्वयंम प्रचण्डले भनेका थिए के नयाँ संविधान जारी गर्दा देशैभरि दिपावली होला र ? हो हुँदैन दिपावली यो कुरा उनलाई थाहा छ । हामी संबिधानका नाममा एकाध शक्तिको स्वार्थमा कतै पहाड टुक्राउनु पर्ने, कतै सिङ्गो तराईलाई मधेमसा राख्नु पर्ने त कतै एउटा मधेश एउटा प्रदेश चाहिने अनि कसै कसैलाई अखण्डता पनि चाहियो रे । यदि संघियतामा देश गएकै हो भने अखण्डता कसरी मिल्न आउला र ? जे होस पहिलो संबिधान सभा पनि सिमाङ्कनकै बिषयका खातिर बिघटन भएको थियो । र, अहिले पनि त्यहि प्रपच्च हुँदैछ । 

अहिले जसरी सिमाङ्कनका बिषयमा नेपालका केहि भुभागमा आगो बलीरहेको छ त कतै नेपाली मरिरहेका छन् । यसको जिम्मेवार को ? हामीलाई थाहा नहुन सक्छ अदृश्य शक्तिका बारेमा । संघीयतालाई बहुजातीय बहुभाषीक समस्या समाधान गर्ने औजार मानिन्छ । तर त्यो हाम्रो देशमा सम्भव छैन । २०६९ जेठ ५ गते प्रचण्डले हामीले एकल जातिय राज्य स्थापना गर्न सकेनौ तपाईहरु आन्दोलन गर्नुस भनि जनजातिहरुलाई उक्साएसँगैका घटनाहरु हेरौ देश कता गईरहेको छ ।

हो तसर्थ सच्चा नेपाली आफुलाई कसैले भन्छ भने वर्तमान देशको अवस्थामा राजनीतिक दलको सत्ता सिढीका लागि आन्दोलन होईन देशको रक्षाका लागि बलिदान गरौ । समग्र नेपालको परिकल्पनाले नै देश बन्दछ । या मधेशमा बस्ने नेपाली होस या त हिमालमा बस्ने विखण्डनकारी र तिनका एजेन्टलाई बिस्थापित गरौ चाहे ति जुनसुकै दलभित्र घुसेका किन नहुन् ? सिक्किम विलय भएको क्रुर ईतिहास हामीले पढेका छौं । कामना गरौं मेरो देश त्यस्तो नहोस् । हामी नेपाली रहिरहन पाउँ । 

                                

 

 

 

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय